काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाल भाषामा पनि शपथ लिएका छन्। सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा शाहले नेपाल भाषामा शपथ ग्रहण गरेका छन्।काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराएका थिए।
सुरूमा नेपालीमै सपथ लिएका शाहले पछि फेरि नेपाल भाषामा शपथ लिएका हुन्। यस्तै, खतिवडाले उपप्रमुख पदमा निर्वाचित सुनिता डंगोललाई पनि शपथ ग्रहण गराएका हुन्। डंगोलले पनि नेपाल भाषामै शपथ ग्रहण गरेकी हुन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७