जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे हत्या आरोपमा पक्राउ परेका व्यक्तिले घटनाको जिम्मेवारी लिएका छन् ।
४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले प्रहरीसँगको बयानमा आफू कसैबाट परिचालित नभई स्वविवेकले त्यस्तो कदम उठाएको बताए । उनले आबे एक गुप्त संलग्नमा लागेको र सो संगठनको गतिविधिप्रति आफू असहमत रहेकाले गोली हानेको बताए ।
आबे कुन गुप्त संगठनमा थिए भन्नेबारे उनले केही बताएका छैनन् । पश्चिम जापानको नारा सहरमा शुक्रबार बिहान आयोजित चुनावी प्रचार सभामा भाषणा गरिरहेका बेला आबेमाथि अचानक गोली प्रहार भएको थियो ।
छातीमा दुई गोली लागेका आबेको नारा विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३