श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षे देश छोडेर भागेका छन् ।
गहिरिँदो आर्थिक संकटका बीच प्रदर्शनकारीले शनिबार राष्ट्रपति निवास कब्जा गरेका थिए । प्रदर्शनकारीको हुल आफ्नो निवासतिर आउँदै गरेको देखेपछि हतारहतार बाहिर निस्किएका उनी देशै छाडेर भागेको खुलासा भएको हो । श्रीलंकाका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षे स्वदेशमा नभएको खुलासा गरेका हुन् ।
बीबीसीसँग कुरा गर्दै उनले राष्ट्रपति नजिकैको छिमेकी मुलुकमा रहेको बताए । तर, उनले कुन देश हो भन्ने खुलाएनन् । बुधबार पदबाट राजीनामा दिएपछि राजापाक्षे स्वदेश फर्कने सभामुखले जानकारी दिए ।
प्रधानमन्त्री रनिल विक्रेमेसिंघे पनि सम्पर्कमा छैनन् । उनको निवास पनि प्रदर्शनकारीले आइतबारदेखि नियन्त्रणमा राखेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म निवास नछाड्ने अडान लिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३