श्रीलंकाका पूर्वअर्थमन्त्री बसेल राजापाक्षेको विदेश भाग्ने प्रयास विफल भएको छ ।
विदेश भाग्न खोजेका उनलाई प्रदर्शनकारीले विमानस्थलमा रोकेका थिए । विरोधका कारण अध्यागमन पार गर्न पाएनन् । मुलुक गम्भीर आर्थिक संकटमा फस्दै गएका बेला बसेलले गत अप्रिलमा पदबाट राजीनामा दिएका थिए । उनी राष्ट्रपति गोटावाया । पूर्व राष्ट्रपति महिन्दा राजापक्षेका भाइ हुन् ।
उनीमाथि अमेरिकाको समेत नागरिकता रहेको आरोप लाग्दै आएको छ । प्रदर्शनकारीले राजापाक्षे परिवार र राजनीतिक नेतृत्वलाई भाग्न नदिन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकपोष्ट राखेका छन् ।
मुलुक गम्भीर आर्थिक संकटमा फसेपछि सर्वसाधारणले शनिबार राष्ट्रपति र प्रधानमन्त्री निवास कब्जा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा नआएसम्म निवास नछाड्ने अडान उनीहरुको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३