कोरोना संक्रमित फेला परेपछि चीनको वुहान प्रान्तमा फेरि लकडाउन गरिएको छ ।
चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो प्रान्तमा तीन दिनका लागि लकडाउन घोषणा गरिएको हो । वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा बुधबार संक्रमण पुष्टि भएको थियो । सरकारी आदेशमा तीन दिन घरभित्रै बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
मानिसको भिडभाड हुने बजार, विद्यालय, सरकारी कार्यालय, यातायात, पार्क, मनोरञ्जन स्थल, बार, रेष्टुरेण्ट, सिनेमाघर, इन्टरनेट क्याफे र धार्मिक गतिविधिका क्षेत्र बन्द गरिएका छन् ।
मानिसहरुलाई अत्यावश्यक सामग्री किन्नबाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३