Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक १६, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ दिन अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ दिन अघि

२५ वर्ष पुरानो तथा जिर्ण सार्वजनिक शौचालय अत्याधुनिक शौचालयमा रुपान्तरण

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ श्रावण २१, शनिबार (३ साल अघि)

  • ७२३ पटक पढिएको
  • काठमाडौं महानगरपालिका २० वडा स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जिर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्त्तरोन्नती गर्न का.म.पा. वडा नं २० र एरोसान सस्टेनेवल स्यानिटेशनको हातेमालोमा पुनः निर्माण गरी प्रयोगकर्ताहरुलाई पर्याप्त सेवा सुविधा सहित वडाध्यक्ष राजेन्द्र मानन्धरद्वारा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शौचालयलाई अपाङ्गमैत्री, वातावरण मैत्री, महिला मैत्रीको रुपमा प्रस्तुत गरिएको छ।

    सोही कार्यक्रममा अतिथिका रुपमा उपस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयको अवलोकन गरि शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चाँसो देखाउँदै शौचालय व्यवस्थित भएको र काठमाडौं महानगरपालिका भित्र थप यस्ता शौचालयहरु निर्माण गर्नुपर्ने धारणा राखे । उनले शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै शौचालयलाई सिकाई केन्द्रको रुपमा विकास गर्न सकिने सुझाव पनि दिए ।

    सन् २०२० देखि काठमाडौं र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिलामैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालयको सुविधा दिदै आएको एरोसानद्वारा निर्मित तथा संचालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवद्र्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्व स्तरीय सरफाती सेनिटेशन प्रतियोगितामा उत्कृष्ट ५ सम्म पुग्न सफल भएको थियो ।

    कार्यक्रममा २० वडाको वडाध्यक्ष मानन्धरले वडाको विकास र सम्वृद्धिका लागि आवश्यक कार्यहरु वडाले गर्दै आएको र यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माणलाई मध्यनजर गरि यस शौचालयको पुनः निर्माण कार्य गरेको बताए । ‘‘वडावासिको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवत जावत गर्ने मानिसहरुलाई सुविधा सम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व हो भने आगामी दिनहरुमा पनि आवश्यक्ता अनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथिमकता दिनेछ’’ मानन्धरले भने ।

    एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरि जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याईसकेको छ । यस विचमा करिब ५ लाख ९१ हजार २ सय ६९ परुष र १ लाख ८० हजार ५ सय ३६ महिला प्रयोगकर्ताहरुलाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको छ । शौचालयबाट उत्श्रीजित दिसा पिसाव जन्य फोहोर व्यवस्थपानका लागि वायो ग्याँस प्रविधिको जडान गरि हाल सम्म ७० हजार ६ सय ९९ लिटर पिसाव र ९ हजार ५ सय ७९ किलो दिसा व्यवस्थापन गरि ७०५.२ लिटर वायो ग्याँस अर्थात ४९.४ सिलिन्डर एल.पि.जि. ग्यासँ उत्पादन गरिसकेको छ भने फोहोर पानी प्रशोधन प्रणाली मार्फत ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन र आकाशेपानी संकलन प्रविधिको प्रयोगवाट २७ लाख ४० हजार १ सय ६० लिटर आकाशेपानीको संकलन गरि शौचालयमा प्रयोग गरिएको छ ।

    ‘‘एरोसानद्वारा निर्मित तथा संचालित शौचालयमा दैनिक १ हजार लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता भएको फोहोर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ भने मानव मलमुत्रलाई शौचालय मै व्यवस्थापन गरि वायोग्याँस उत्पादन गर्न १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै निर्माण गरि वातावरण मैत्री बनाउन अहम भुमिका खेलेको छ’’ एरोशानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए ।

    कार्यक्रममा का.म.पा.का प्रवक्ता नविन मानन्धर तथा वडा नं. १७ अध्यक्ष र ईश्वर मान डंगोल, वडा नं. १५ का अध्यक्षका साथै वातावरण विभाग प्रमुख सरिता राईको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
    हरप्रहर

    सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

  • ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास
    हरप्रहर

    ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास

  • ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन
    हरप्रहर

    ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

  • लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा
    हरप्रहर

    लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ दिन अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    २ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution