Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास

हरप्रहर डेस्क ललितपुर प्रकाशित मिति: २०८१ फागुन ११, आईतबार (४ महिना अघि)

  • २४४ पटक पढिएको
  • सबिता नयाँजू, ललितपुर । ललितपुर महानगरपालिका डिजिटलमैत्री बन्दै गएको छ । विशेषगरी घरजग्गा, नक्सा पासमा कागजी प्रणालीबाट दिग्दार भएका महानगरबासी अनलाइन नक्सापास हुन थालेपछि उत्साहित छन् ।

    बायोमेट्रिक सिस्टम एवम डिजिटल सिग्नेचरमार्फत घरमा बसी बसी घरजग्गा पास गर्ने प्रणालीको विकास गरिएपछि महानगरबासीलाई सहज भएको छ ।

    दुई बर्षअघि नै यस्तो प्रणाली अभ्यासमा ल्याउने तयारी थालेको महानगरले ढिलागरी पुस पहिलो हप्ताबाट अनलाइन नक्सा पास प्रयोगमा ल्याएको हो । महानगरका शहरी विकास प्रमुख श्रीकुमार महर्जनका अनुसार उक्त प्रणालीको प्रयोग अन्तर्गत एक महिनाको ट्रायल पिरियड सकिएकाले अब नियमित काम सुरु भएको छ ।

    ‘एक महिना ट्रायल फेस पनि गरिसकेका छौं । ट्रायल गर्दा सबैजनाको सकरात्मक प्रतिक्रिया पाएका थियौं । समस्या केही छैन । कहिलेकाँही सफ्टवेयरका कारणले समस्या आउने गर्छ । तर अहिलेसम्म सर्भिस डेलिभर भएको छ । पुसको २ गते महानगरपालिकाको जन्म जयन्तीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विधिवत रुपमै सुरु गरिसकेका छौं,’ उनले भने ।

    यसको साथै, उनले पुस २ गतेबाट सुरु भएको काम अहिलेसम्म अस्थाई रुपमा दर्ता भएका फाइलहरु ६० देखि ७० वटा पास भइसकेको बताए । उनले अनलाइनमा डिजिटल सिग्नेचरमा खासै ठूलो विषय नभएको बताए ।

    उनले नक्सा पास गर्दा इन्जिनियरको सहयोग र सुझाव आवश्यक पर्ने बताए । पहिला सिग्नेचर(हस्ताक्षर) कापीमा गर्ने गरेको तर अहिले बायोमेट्रिकमार्फत हुने र यस्तो सिग्नेचर नक्सा पासको लागि मात्र नभइ अन्य काममा पनि प्रयोग हुने बताए ।

    नक्सा पासको लागि डिजिटल सिग्नेचर लिनैपर्छ भनेर जनतालाई बाध्य नबनाएपनि डिजाइनरले भने बायोमेट्रिक गराएर मात्र नक्सा पेश गर्ने व्यवस्था गरिएको पनि महर्जनको भनाई छ । बायोमेट्रिकमा तीनवटा फिचरहरु थम, सिग्नेचर र फेसको व्यवस्था गरिएको उनले जानकारी दिए ।

    ‘डिजिटल सिग्नेचरको लागि अहिले पेन्ड्राइभ सिस्टममा नै छ, यसमा आफ्नो पासवर्ड भएपछि जुन ठाउँमा बसेर पनि प्रयोग गर्न सकिन्छ । जो मान्छे विदेशमा बसेर नक्सा पास गर्न चाहन्छन् त्यस्तो मानिसको लागि पेन्ड्राइभ सिस्टम एकदमै सजिलो भएको छ, उनले भने ।

    महर्जनका अनुसार अनलाइनमार्फत निवेदन दिएपछि इमेलमार्फत सफ्ट टोकन भनेर उपलब्ध गराउने व्यवस्था छ तर त्यसको लागि भने एउटा पासपार्टको म्याद भएको फोटोकपी, दोस्रो भिसाको कपी र अर्को एराइबलको पेपर भएपछि नेपाल बाहिर बसेर नक्सा पास गर्न आवेदन लिन सकिन्छ ।

    अनलाइनबाट नै पेमेन्ट गर्ने व्यवस्था भएपछि नेपाल बाहिर बसेर पनि नक्सा पास गर्ने काम सुरु भएको अवस्था छ । भौतिक रुपमा नगरपालिकामा नै आउनुपर्छ, भन्ने अवस्थाबाट ललितपुर महानगरपालिका बासीलाई मुक्त गराएर ठूलो उपलब्धि गराइएको महर्जनको भनाई छ ।

    अनलाइन प्रणालीले नगरपालिकालाई तिनुपर्ने करहरु तिर्न पनि भौतिकरुपमा उपस्थित हुनुनपर्ने सजिलो भएको छ भने नक्सा पासको पेपर मेलमा फरवार्ड(पठाउनु) गरेपछि नगरपालिका आउनुपर्ने झन्झट पनि नहुने उनको भनाइछ । नयाँ प्रविधि भएर स्वीकार गर्न गाह्रो भएपनि यसले कामहरुलाई एकदमै सहज बनाउने विश्वास पनि महानगरले लिएको छ ।

    महानगरले नक्सा पास गरी भवन बनाइरहँदा पनि परिवर्तन गर्नुपर्ने कुरा र नक्सा पास नगरी घर बनाउने अवस्थाको लागि भने कार्यबिधि पास गरेर प्रकाशन गरेको महानगरले जनाएको छ । यसको लागि फागुनको आठ गतेबाट विधिवत रुपमा निवेदन स्वीकार गर्ने काम पनि सुरु भएको छ ।

    नक्सा पासको लागि महानगरमै आउनु नै पर्छ  भन्ने जरुरी पनि छैन । यसका लागि डिभाइस पनि उपलब्ध गराइएको छ । त्यसको अलवा प्रत्येक वडामा पनि एक एक वटा डिभाइसहरु उपलब्ध गराइएको छ । वडाबाट पनि बायोमेट्रिक गरेर पठाउन मिल्छ ।

    घरधनी आफैंले पनि आफ्नो काम कहाँ पुग्यो, किन रोकियो, कति दिन रोकियो, कसले रोक्यो भनेर सबै हेर्न मिल्ने व्यवस्था पनि भएको हुनाले अनियमितताको पाटो हटेर पनि उनको विश्वास छ ।

    नेपाल सरकारको सर्भर प्रयोग गरिरहेको महानरले चाँडै आफ्नो अलग्गै सर्भरको डिजाइन गर्ने पनि उनले जानकारी दिए । नक्सा पास र राजश्व संकलन अनाइनबाटै हुने भएकाले सेवाग्राहीलाई सहज भएको ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution