ललितपुर महानगरपालिका वडा १५ का वडाध्यक्ष सुरेश शाहीले नै भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुखहरु बिना स्विकृती कटान गरेको तथ्यहरु फेला परेको छ ।
रुख चाहिए घरमा रोप्नु, मन्दिर क्षेत्रमा भोज गर्न मिल्ने फाल्चा निमार्ण गर्ने हो भन्दै वडाध्यक्ष शाहीले स्थानियहरुलाई धम्काएको भेल्पा मन्दिर परिसरका केही स्थानियहरुले नाम उल्लेख नगर्ने शर्तमा बताए । वडाध्यक्ष शाहीको कतुर्त थाह हुदाहुदै पनि स्थानीयहरु बोल्न त्रसित हुने गरेका छन् ।
भेल्पा मन्दिर परिसरमा भर्याङ्गमा मार्बल राख्नका लागि यस अघिका वडाध्यक्षको कार्यकालमा बजेट बिनियोजन गरिएको थियो । उक्त बजेटलाई हालका वडाध्यक्षले फाल्चा निमार्ण गर्ने भन्दै बजेटको उद्देश्य परिवर्तन गरेका थिए ।
वडाले नै विनियोजन गरेको बजेटको योजनाका कारण उक्त रुखहरु कटान गरिएको प्रष्ट छ । तर वडाध्यक्ष शाहीले रुख कटानमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । उनले सार्वजनीक जग्गालाई बारम्बार व्यक्तिगत जग्गा भएको बयान दिदैँ आएको प्रमाण सहित यस अघि हामीले प्रकाशित गरिसकेका छौँ ।
सामान्य रुपले सम्बन्धित निकायको स्विकृती लिएर रुख कटान गर्न पाउने प्रावधान हुँदाहुँदै पनि वडाध्यक्षले अनाधिकृत रुपमा रुख कटान गरेको रहस्यमय विषय हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पनि पुगेको छ ।
यस विषयमा जिल्ला वन कार्यालय ललितपुरले पनि अनुसन्धान गरिरहेको जिल्ला वन अधिकृत राम कुमार भण्डारीले जानकारी दिए । कटान गरेको रुखहरु हाल जिल्ला वन कार्यालय ललितपुरमा सुरक्षित रहेको पनि उनले जानकारी दिए ।
जिम्मेवार निकायमा भएको व्यक्तिले जिल्ला वन कार्यालय तथा ललितपुर महानगरले माग गरेको स्पष्टिकरण मै सार्वजनीक जग्गालाई व्यक्तिगत भनि जानकारी दिइनु नै उनको संलग्नताको आधार पुष्टि हुन्छ । वडाले बजेट बिनियोजन गरेको योजना अनुरुप रुख काटिएको कारण पनि वडाध्यक्ष शाहीको संलग्नताको पुष्टि हुन्छ ।
उनी स्थानीय निकायको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।
यसै विषयमा यस अघि प्रकाशित सामग्री :
वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनीक जग्गा निजी भन्दै स्पष्टिकरण
संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३