काठमाडौं महानगरपालिका २७ वडाको आयोजनामा क्यान्सरविरुद्धको सचेतना अभियान २०२२ संपन्न भएको छ। विश्वमा भयाभह रुप लिइरहेको स्तन तथा पाठेघरको मुखको क्यान्सर रोग बारे सचेतना प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम संचालन गरिएको वडाध्यक्ष योगेश कुमार खड्गीले हरप्रहरलाई जानकारी दिए।
उक्त सचेतना कार्यक्रम डा अरुण शाहीबाट उपस्थित समुदायलाई स्तन तथा पाठेघरको मुखको क्यान्सर रोग बारे सचेतना, रोग बाट कसरी बच्ने भन्ने उपायका बारे, रोग लाग्नुको कारण र महिलामा स्तन र पाठेघरको क्यान्सर विकराल हुनुको कारण बारे जानकारी दिएका थिए । रोग लाग्नुको कारण जेसुकै भएपनि बेलैमा रोग पत्ता लागे सकारात्मक सोच र दृढ मनोबलका साथ चिकित्सकको निगरानीमा रही उपचार सम्भव भएको शाहीले बताए ।
सचेतनाको क्रममा वडाध्यक्ष योगेश कुमार खड्गीले भने ‘वर्षेनी क्यान्सरका बिरामी बढ्दै गएका छन्, त्यसैले यसबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।’ क्यान्सरबारे धेरैभन्दा धेरैलाई सचेत गराउने लक्ष्यले नै कार्यक्रम राखिएको पनि उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३