निर्वाचनको मैदानमा होमिएका बिराजभक्त श्रेष्ठ शहिद निर्गुण स्थापितको घर पुगेको छन्। श्रेष्ठ शहिद स्थापितकी आमा मैयाँ स्थापितसँग आशिर्वाद लिदै भाबुक हुदै हरप्रहर संग श्रेष्ठले शहिद स्थापित आफ्नो लागि एक आदर्श भएको बताए । ‘यसो सोच्दा केही गरें जस्तो लाग्छ तर अझै धेरै गर्नुछ । आज हामी केही गर्छु भनेर यसरी काम गर्नेे वातावरण पाएको भनेको निर्गुण काका जस्ता शहिदहरुको योगदानकै कारण त हो नि’ उम्मेदवार श्रेष्ठले थपे। आफ्नो शहिद छोरा प्रति श्रेष्ठले गरेको सम्मान देखेर भावुक हुँदै शहिद स्थापितकी आमा मैयाँ स्थापितले पनि विराजलाई खादा ओढाइदिनुका साथै फल सगुन दिएर निर्वाचनमा विजयी होस् भनी आशिर्वाद दिएकी थिइन्।
आउँदो मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार बिराजभक्त श्रेष्ठले उम्मेदवारी दिएका छन्। देशमा प्रजातन्त्र स्थापना गराउन आफ्नो जीवन नै बलिदान गर्ने शहिद निर्गुण स्थापितलाई राज्यले उचित सम्मान गर्न नसकेको भन्दै श्रेष्ठले यसको लागि आफुले सक्दो काम गर्ने बताए । ‘म पदमा भएनि नभएपनि राज्य स्तरबाट निर्गुण काकालाई सम्मान दिलाउन सक्दो काम गर्नेछु । संसदमा नपुगे पनि सडकमा त मलाई कसैले रोक्नै सक्दैन नि’ श्रेष्ठले भने ।
२०४६ सालमा पंचायती व्यवस्थाविरुद्ध भएको जन आन्दोलनको क्रममा २०४६ चैत्र २४ गते निर्गुण स्थापितले शहादत प्राप्त गरेका थिए । आन्दोलनलाई दबाउने क्रममा स्थापितलाई काठमाडौं भोटाहितिमा गोली हानी हत्या गरिएको थियो । त्यसको दुई दिन पछि पंचायती व्यवस्थाको अन्त्य भई बहदुलीय प्रजातन्त्र स्थापना भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७