२८ औँ महानगर दिवस अवसर पारेर गत शुक्रबार जमल कमलाक्षीदेखि हनुमानढोका दरबारसम्म महसुस यात्रा (न्यासी वने नू) सम्पन्न भएको छ ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सम्पदा तथा पर्यटन विभागले यात्राको आयोजना गरेको हो । यात्रामा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), प्रवक्ता नविन मानन्धर, संस्कृति पर्यटन समितिका संयोजक आशामान संगतसहित कार्यपालिका सदस्यहरु र २७ वडाका अध्यक्ष योगेश कुमार पनि यात्रामा सहभागी हुनुभएको थियो ।
सम्पदा क्षेत्रमा हिँड्ने यात्रीले मठमन्दिर, डवली, चोक र गल्लीलाई कुरी बुझ्छन्? राजनीतिक, सांस्कृतिक तथा पुरातात्विक महत्व भएका भौतिक संरचनालाई कसरी महसुस गर्छन्? ती सम्पदासँग जोडिएका कथा, किंवदन्ती र इतिहासलाई कुन स्वरुप भेट्छन्, थाहा पाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । महानगरका प्रवक्ता मानन्धर भन्नुहुन्छ, ‘यसले सम्पदा संरक्षण, मर्मत सम्भार तथा व्यवस्थापनका लागि पृष्ठपोषण दिनेछ ।’
२७ वडाको सम्पदाको महत्व के छ ,कति छ भनेर चिनाउने काम वडाका अध्यक्ष योगेश कुमार खड्गीले गर्नु भयॊ साथै यस्ता कार्यक्रम बाट आफू उत्साहित रहेको खड्गीले बताउनुभयो । यात्रामा वडा २७ बाट स्थानीय तथा सांस्कृतिक खल पुचःहरुको स्वतःस्फूर्त सहभागिता रह्यो ।
यस किसिमको यात्रा बाट काठमाडौँको भित्री सहरमा भएका भौतिक संरचनासँग सामाजिक जीवनको आत्मीय सम्बन्ध कस्तो छ भनेर महसुस गर्न सकिन्छ ।सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक श्रृजु प्रधानले सम्पदामा युवाहरुको आकर्षण बढाउन यो ढाँचालाई अपनाइएको जानकारी दिनुभयो । भित्री सहरी क्षेत्रको सामाजिक व्यवस्था, परम्परागत बजार, भवनहरुको निर्माण ढाँचालाई गहिरो रुपमा महसुस गर्न सकिन्छ । यी विशेषता महसुन गर्नु यात्राको विशेषता हो ।
कार्यक्रमको अन्तमा सहभागी सबैलाई बिशेस धन्यबाद वडाका अध्यक्ष योगेश कुमार खड्गीले दिनुभयो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७