Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ माघ १७, मंगलबार

    ट्रेन्डीङ्ग

  • यति एयरलाइन्स दुर्घटना
  • राहदानी
  • प्रधानमन्त्री प्रचण्ड
  • एमडिएमएस
  • कोरोना महामारी
  • ओली-प्रचण्ड
  • गोकर्ण बिष्ट
  • रामचन्द्र पौडेल
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

१ दिन अघि
२

शेयर बजारमा उच्च अंकको गिरावट

१ दिन अघि
३

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

१ दिन अघि
४

खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान

१ दिन अघि
५

शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

१ दिन अघि
६

यस्तो छ आज सुनको मूल्य

२ दिन अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

ब्यथा असह्य – कबिता

२ दिन अघि
९

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

३ दिन अघि
१०

रवि लामिछानेको सांसद पद बदर

४ दिन अघि
११

मेयर बालेनले भेटे गृहमन्त्री लामिछानेलाई, मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

५ दिन अघि
१२

प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा व्यवसायीद्वारा आत्महत्या

५ दिन अघि

धेरै पढिएका

१

बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको निधन

६ दिन अघि
२

स्थापित युवा समूहको उदाय् फुटसल कप २०२३ सम्पन्न

६ दिन अघि
३

मूर्त र अमूर्त परम्परा संरक्षणमा इन्द्र महर्जन

१ हफ्ता अघि
४

असन ईण्भेष्टमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
५

पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको छापा, तस्करीको सामान भेटिएपछि सिल

२ हफ्ता अघि
६

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
७

संसारकै ठुलो दाबी गरिएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

४ हफ्ता अघि
८

सञ्चारकर्मी विगेन तुलाधर सम्मानित, योमरी प्रतियोगितामा प्रेमहिरा प्रथम

३ हफ्ता अघि
९

विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

३ हफ्ता अघि
१०

इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठायो

१ महिना अघि
११

बाटोमै टुट्यो अमेरिकाको सपना, पानामा पुगेर ज्यान गुमाउनु पर्यो !

३ हफ्ता अघि
१२

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुरुप पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ हफ्ता अघि

बाटोमै टुट्यो अमेरिकाको सपना, पानामा पुगेर ज्यान गुमाउनु पर्यो !

गोरखापत्र दैनिकबाट काठमाडौँ प्रकाशित मिति: २०७९ पौष २०, बुधबार (३ हफ्ता अघि)

  • १६७ पटक पढिएको
  •  ‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ।

    छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बस्नुभएकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत हुनुभएको छ। मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ।

    मदनका दाइ कपिल शाहीले गत वर्षको फागुनमा घरबाट निस्केको भाइको मङ्सिर २५ गते मृत्यु भएको खबर सामाजिक सञ्जालमा फैलिएको जानकारी दिनुभयो।

    “घरमा बज्रपात भयो,” कपिलले भन्नुभयो, “कयौँ सपना साँचेर भाइ अमेरिका जान हिँडेको थियो, सबै सपना चकनाचुर भए, परिवारमा बल्नै लागेको खुसीको दियो निभ्यो।” मृत्युको खबर आधिकारिक रूपमा नआए पनि सँगै गएका साथीमार्फत जङ्गलको खोला किनारमा शव भेटिएको भन्दै परिवारसम्म सूचना आइपुगेको हो।

    आठ वर्षसम्म नेपाली सेनाको जागिर खानुभएका रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुगाउँका ४० वर्षीय रमेश गौतमको सपनाको देश अमेरिका थियो।

    सेनाबाट स्वेच्छिक अवकाश लिएर केही समय घर बसेपछि अवैध बाटो हुँदै अमेरिका जानेक्रममा गत कात्तिक २५ मा पानामाको क्यारेबियन सागरमा रमेशको जीवनयात्रा टुङ्गियो। समुद्रमा उहाँसहित २५ जना चढेको डुङ्गा दुर्घटना भएपछि सपनाको देशको यात्रा पानामा सागरमै बिलायो।

    रमेशसँगै हुनुहुन्थ्यो रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री पनि। पहिलो पटकको अवैध यात्रा असफल भएर बीचबाटै नेपाल फर्कनुभएका खत्री दोस्रो पटक अमेरिकी सपना पछ्याउँदै पुनः जाँदा क्यारेबियन सागरमा अस्ताउनु प¥यो।

    अमेरिका यात्रा गर्नेहरूको हुलमा मिसिएका बाँफीकोट गाउँपालिका–३ का २८ वर्षीय रूपक बोहराको पनि गत वर्षको मङ्सिर ११ गते बाटोमै ज्यान गएको थियो। गैरकानुनी रूपमा अमेरिका हिँडेका बोहरा घानामा मलेरियाबाट ग्रसित भएपछि बेलैमा उपचार नपाएर मृत्यु भएको थियो।

    अलपत्र अवस्थामा रहेका बोहरालाई त्यहाँका नेपालीले उद्धार गरेर अस्पताल पु¥याएको केही दिनमै मृत्यु भएको थियो। श्रीमान् बित्दा काखमा नौ महिनाकी छोरी र दुई वर्षको छोरो रहेको बताउँदै बोहराकी श्रीमती गीता पुरी बोहराले जीवनका कयौँ सपना चकनाचुर भएको बताउनुभयो।

    सङ्गठित मानव तस्करको भर परेर अमेरिका जानेको सङ्ख्या जिल्लामा बढ्दै गएको छ। अवैध रूपमा अमेरिका जाने लहर चल्दा लाखौँ रुपियाँ डुब्ने जोखिम त छँदैछ, त्यसरी हिँडेकाको प्राण नै नरहने त्रास पनि उत्तिकै छ।

    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • अब सीडीओ बन्न कार्यसम्पादन ९० प्रतिशत अंक ल्याउनै पर्ने
    हरप्रहर

    अब सीडीओ बन्न कार्यसम्पादन ९० प्रतिशत अंक ल्याउनै पर्ने

  • राजेन्द्र लिङ्देनले ताके उपप्रधानमन्त्री, एमाले–माओवादीमै रडाको
    हरप्रहर

    राजेन्द्र लिङ्देनले ताके उपप्रधानमन्त्री, एमाले–माओवादीमै रडाको

  • पाँच उपप्रधानमन्त्रीसहित मन्त्रालय फुटाएर सरकार विस्तार गर्ने तयारी
    हरप्रहर

    पाँच उपप्रधानमन्त्रीसहित मन्त्रालय फुटाएर सरकार विस्तार गर्ने तयारी

  • कोरोना महामारीको वितण्डा बढ्दै, जापानमा एकैदिन ४१५ को मृत्यु
    कोरोना महामारी

    कोरोना महामारीको वितण्डा बढ्दै, जापानमा एकैदिन ४१५ को मृत्यु

  • ताजा खबर
  • १

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    १ दिन अघि

  • २

    शेयर बजारमा उच्च अंकको गिरावट
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    १ दिन अघि

  • ४

    खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान
    १ दिन अघि

  • ५

    शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution