Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

५ घण्टा अघि
२

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२ दिन अघि
३

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत

५ दिन अघि
४

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

५ दिन अघि
५

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
६

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
७

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
८

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
९

सहकारी ठग रबि लामिछानेलाई बहिष्कार गरेर लखेट्छौं : महेश बस्नेत

१ हफ्ता अघि
१०

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
११

अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन : कुलमान

१ हफ्ता अघि
१२

क्यानडालाई ट्रम्पको चेतावनीः चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने

२ हफ्ता अघि

धेरै पढिएका

१

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

५ दिन अघि
२

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
३

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

२ हफ्ता अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

४ हफ्ता अघि
५

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

४ हफ्ता अघि
६

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
७

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ हफ्ता अघि
८

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ हफ्ता अघि
९

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
१०

सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

२ हफ्ता अघि
११

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
१२

कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

२ हफ्ता अघि

सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ, सम्वन्ध विच्छेद गरेकी श्रीमती मासुभात लिएर हिरासतमा

नेपाल समाचार पत्र काठमाडौँ प्रकाशित मिति: २०८० आश्विन २२, सोमबार (२ साल अघि)

  • ७४८ पटक पढिएको
  • काभ्रेको बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुढ सहकारीबाट १८ करोड अपचलन गर्ने संस्थाका अध्यक्ष बासुदेव खड्कालाई प्रहरीले ठगी अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

    बचतकर्ताहरुले रकम फिर्ता मागे पछि फरार भएका अध्यक्ष खड्काले त्यहि अवधीमा श्रीमतिसँग सम्वन्ध विच्छेद गरेर ५ करोड रकम दिएको खुलासा भएको छ । सम्वन्ध विच्छेद गरेकी श्रीमती अहिले प्रहरी हिरासतमा श्रीमान खड्कालाई मासु र भातको कोसेली लिएर भेट्न जाने गरेकी छिन् । ५२ जना बचतकर्ताहरुले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए ।

    बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुढ बचत तथा ऋण सहकारी संस्था लिमिटेड डिभिजन सहकारी कार्यालयमा २१८७ नम्वरमा दर्ता छ । उक्त सहकारीमा बचत गरेको रकम समयमा फिर्ता नभएको भन्दै केहि महिना अघि देखि बचतकर्ताहरु आन्दोलित थिए । नगरपालिका, जिल्ला प्रहरी, जिल्ला प्रशासन, प्रदेश र संघको सहकारी विभागमा समेत उनिहरुले उजुरी गरेका थिए । ५२ जना बचतकर्ताको लिखित उजुरी पछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको थियो । त्यतिबेला संस्थाका अध्यक्ष बासुदेव खड्का फरार थिए । उजुरी गर्ने बचकर्ताहरुको ४ करोड ९२ लाख ४ हजार २ सय ६८ रुपैया फिर्ता नगरेको उल्लेख छ । श्यामकृष्ण सिलवाल सहितले अध्यक्ष बासुदेव खड्का सहितले ठगी गरेकाले नीजलाई पक्राउ गरी ठगी मुद्दामा कानून बमोजिम कारवाही गर्न माग गरेका थिए ।

    सोहि उजुरीका आधारमा अध्यक्ष बासुदेव खड्कालाई प्रहरीले असोज १ गते पक्राउ गरेको हो । भक्तपुर जिल्ला दधिकोट गाविस ४ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नम्वर ४ घर भएका खड्का ४० वर्षका छन् । उनले खोलेको गरुढ सहकारीमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई कर्मचारीका रुपमा नियुक्ति गरेका थिए । त्यहि क्रममा नियुक्ति गरिएका बनेपा १३ भैसेपाटीका राजिव विष्टलाई केहि समय पछि बासुदेवको श्रीमती पवित्रा आचार्यलाई अध्यक्ष राखेर खोलिएको छायाँश्वेरी सहकारीको ब्यवस्थापक बनाए । केहि समय छायाँश्वरी संचालन गरे । छायाँश्वरी सहकारीको दर्ता नम्वर २३९४ थियो । बनेपा १० मा रहेको गरुढ र सोहि ठेगानामा रहेको छायाँश्वरी सहकारी बीच २०७७ माघ ८ गते एकिकरण घोषणा गरिएको थियो । कार्यरत राजिवलाई त्यहि समय देखि बासुदेव खड्काले हटाएका थिए । यता ब्यवस्थापकका रुपमा भक्तपुर सुर्यविनायक १० घर भएका रामगोपाल थापालाई नियुक्ति गरेका थिए । गरुढको कार्यकारी अधिकृतमा बासुदेव खड्काकै श्रीमती प्रतिमा आचार्यलाई नियुक्ति गरिएको थियो । कार्यालयमा नआए पनि उनका नाममा हरेक महिना पारिश्रमीक उपलब्ध गराउने गरिएको थियो ।

    एकीकरणका क्रममा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशले संस्था एकीकरणका २१ बुँदे शर्त राखेर गरुढ बचतका नाममा पत्र काटेको थियो । २०७७ माघ ८ गते जारी भएको उक्त पत्रमा उल्लेख भएको बुँदा नम्वर ७ मा गरुढ र छायाँश्वरीको चुक्ता गर्नु पर्ने दायित्व एकीकरण पश्चता एकीकृत संस्था गरुढले दायित्व बहनको जिम्मेवारी रहने उल्लेख छ । त्यो बुँदा नहुँदा पनि ब्यवस्थापक भनिएका राजिव कुनै कारोवारमा संलग्न थिएनन र छैनन । विक्रमप्रसाद पाण्डेय रजिस्ट्रारद्वारा जारी गरिएको पत्रमा दुबै संस्थाका नाममा भएका कारोवारलाई गरुढका नाममा एकीकृत गर्ने उल्लेख छ ।

    श्रीमतीसँग सम्वन्ध विच्छेद

    सहकारीमा बचतकर्ताहरुले रकम फिर्ता माग्न थाले पछि बासुदेव खड्का शुरुमा फरार भए । फरारकै बीचमा श्रीमती प्रतिमा आचार्यसँग सम्वन्ध विच्छेद गरे । त्यस अघि उनिहरुको अंश विवादको मुद्दा अदालतमा विचाराधिन थियो । सबै सम्पति रोक्का हुँदा हुँदै फेरी मुद्दा फिर्ता लिएर रोक्का सम्पति फुकवा गरेर बासुदेवले श्रीमती आचार्यलाई सम्पति दिएको कागज तयार गरिएको छ । बासुदेवका दाजुको दुई परिवार भएकाले एक परिवारले अंश मुद्दा दर्ता गरेको थियो । परिवारका सदस्यको सम्पति समेत सरकारले विक्री गरेर बचत कर्ताहरुको रकम फिर्ता गर्ने घोषणा गरे पछि बासुदेवले एउटै ओछ्यानमा सुत्ने श्रीमतीसँग पनि सम्वन्ध विच्छेदको कागजात तयार गराए । परिवारमा पनि अलग्गै भएको कागजात बनाए । २०७९ फागुन ३० गते जिल्ला अदालत भक्तपुरमा बासुदेव खड्का र श्रीमती प्रतिमा आचार्यको ५ करोडको सम्पति लिएर अलग भएको उल्लेख छ । प्रहरी हिरासतमा श्रीमती प्रतिमा र ससुरालीको तर्फबाट मासु र भात लैजाने गरिएको छ ।

    विष्ट संलग्न छैनन, तर पक्राउ परे

    गरुढ बचत तथा ऋण सहकारी संस्थाले २०८० साउन २४ गते बनेपा निवासी राजिव विष्ट आर्थिक कारोवार तथा संस्थामा कुनै पनि हिसावले संलग्न नभएकाले चरित्रहत्या नगर्न अपिल गर्दै विज्ञप्ती जारी गरेको थियो । उपाध्यक्ष बेदप्रसाद सिग्देल, सचिव सलिना थापा र सदस्य बच्चुराम विष्ट, प्रवन्धक रामगोपाल थापाले राजिव विष्टलाई उक्त पत्र लेखेर दिएका छन् ।

    आफैले चलाए १८ करोड ६२ लाख ५२ हजार 

    गरुढ सहकारीको अध्यक्ष तथा छायाँश्वरी सहकारीको समेत गरेर बासुदेव खड्का आफैले विभिन्न ब्यक्तिका नाममा विना धितो १८ करोड ६२ लाख ५२ हजार रकम अपचलन गरेका छन् । बचकर्ताहरुलाई २५ करोड भन्दा धेरै फिर्ता दिन बाँकी छ । उनले विभिन्न ब्यक्तिका नाममा ऋण लिएर आफै चलाएको ऋणको सूची यस प्रकार छ ।

    १) राजकुमार लामगादे – ९५ लाख
    २) सुजन खेन – १ लाख ५२ हजार
    ३) बासुदेव खड्का – १३ लाख (गाडी कर्जा)
    ४) बासुदेव खड्का– ६ करोड ५० लाख (जग्गा खरिद)
    ५) रुसन श्रेष्ठ – ७ करोड
    ६) सुबास सापकोटा – ४ लाख
    ७) नारायणप्रसाद विक – ४५ लाख लाख
    ८) राजु श्रेष्ठ – ४८ लाख
    ९) डम्बरबहादुर बस्नेत – २९ लाख
    १०) नवराज अधिकारी – ८ लाख
    ११) रामशरण भुजेल – ९३ लाख
    १२) सुजित राणा– ८५ लाख
    १३) कुमार गौतम – २३ लाख
    १४) लक्ष्मी थापा – ३ लाख ३० हजार
    १५) रविन्द्रप्रसाद लामा – २८ लाख
    १६) सुरेश विक – ५० लाख
    १७) मानकाजी लामागादी – १८ लाख
    १८) राजकुमार तामाङ – १७ लाख
    १९) माकुरी विक – ३२ लाख
    २०) राजु रिजाल – २६ लाख
    २१) राजु खड्का – ४१ ला (यो धितो श्रीमती प्रतिमा आचार्यको नाममा पास गरिएको छ ।)
    २२) कृष्ण विक – ५४ लाख
    २३) कुमार सुनार – ३३ लाख
    २४) प्रेमबहादुर बराईली – ३८ लाख
    २५) राधा मोक्तान – ५ लाख ५० हजार
    २६) सविन थापा – १२ लाख

    जम्मा १८ करोड ६२ लाख ५२ हजार रुपैया

    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • चाडपर्व र पर्यटनको सिजनमै निगमको वाइडबडी ग्राउन्डेड
    हरप्रहर

    चाडपर्व र पर्यटनको सिजनमै निगमको वाइडबडी ग्राउन्डेड

  • बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो
    हरप्रहर

    बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

  • मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने
    हरप्रहर

    मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

  • सुन तस्करीको छानबिन गर्न दुई निकायबीच जुहारी
    सुन प्रकरण

    सुन तस्करीको छानबिन गर्न दुई निकायबीच जुहारी

  • ताजा खबर
  • १

    वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा
    ५ घण्टा अघि

  • २

    वरिष्ठ कलाकार सुनिल थापाको निधन
    २ दिन अघि

  • ३

    सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
    ५ दिन अघि

  • ४

    ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
    ५ दिन अघि

  • ५

    एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution