असन ईण्भेष्टमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा पुष २८ बिहिबार सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधरको अध्यक्षतामा क्लासिक बुफेट प्वाइन्ट खुशीबुमा भएको उक्त साधारण सभामा कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ. व. २०७८ /०७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८ /०८० को आय व्ययको लेखापरीक्षण गर्न रमेश हरि अधिकारीलाई लेखापरीक्षकको रुपमा नियुक्ति गर्ने प्रस्ताव पनि गरिएको छ। सभामा कम्पनीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गौतम काजी तुलाधरले प्रस्तुत गरेका थिए ।
कम्पनीका अध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधरले अब कम्पनीले आफ्नो भवन निर्माण गर्ने जानकारी पनि दिए । कम्पनीको उक्त भवन असनमा नै निमार्ण हुने छ। उक्त भवन निर्माणको लागि कम्पनीले असनमा जग्गासमेत खरिद गरिसकेको छ । साथै कम्पनीमा शेयरपुँजी वृद्धि गर्नु पर्ने भएकोले सम्पूर्ण सदस्यहरुलाई शेयरपुजी वृद्धिका लागि अध्यक्ष तुलाधरले आग्रह समेत गरे।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३