नेपालको हवाईक्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरुले बेला बेलामा प्रतिवेदनहरु सार्वजनिक गरिरहेका छन् । बेला बेलामा नेपालमा हुने गरेका हवाई दुर्घटनाले गर्दा नेपालको हवाई क्षेत्रलाई असुरक्षित मानिएको हो ।
यसै बिच आइतबार (०७९ माघ १ ) नेपाली हवाई क्षेत्रमा अर्को दुःखद घटना थपिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर – ७२ जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। ४ चालक दलका सदस्य र ६८ यात्रु सहित ७२ जना रहेको सो जहाज दुर्घटना भएको हाे। जहाजमा सवार चालकदल तथा सबै यात्रुको मृत्यु भएको छ।
यस वर्ष मात्रै नेपालको हवाईक्षेत्र मा २ वटा हवाई दुर्घटना भएको छ। २०७९ जेठ १५ गते मा तारा एयरको ट्विनअटर जहाज मुस्तांगमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो जसमा चालकदलका तीन सदस्य र १९ यात्रु बोकेर तारा एयरको ट्विनअटर हाभिल्यान्ड विमान दुर्घटना भएको थियो।
भौगोलिक मुलुक भएको हुँदा नेपालमा सामन्यतया मौसमका कारण हवाइ दुर्घटना हुने गरेको बताइन्छ । खासगरी मंसिरदेखि फागुन महिनासम्म नेपालमा कुहिरोले ढाक्ने हुँदा हवाइ दुर्घटना हुने बढी सम्भवना हुन्छ । तर, नेपालमा हवाइ जहाज दुर्घटनाको इतिहास हेर्दा बैशाख-जेठ (मे) महिनामा बढी भएको देखिन्छ । कुहिरोले ढाक्ने महिनामा त्यति धेरै जहाज दुर्घटनामा नपरेको अन्तर्राष्ट्रिय हवाइ दुर्घटना अभिलेखालयको तथ्यांकले देखाउँछ ।
नेपालमा पहिलो पटक सन् १९४६ मे ७ का दिन विमान दुर्घटना भएको थियो । रोयल फोर्स एयरको विमान दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन । नेपालमा विमान दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति सन् १९५५ मा भएको थियो । कालिंगा एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरुमा नेपाल पनि शिर्ष स्थानमा पर्छ ।
नेपालमा विमान दुघर्टनाका तथ्याङक
-सन् १९४६ मे ७ मा रोयल फोर्स एयर दुर्घटना (स्थान नखुलेको) मानविय क्षति भएन ।
-सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना, २ जनाको मृत्यु ।
-सन् १९५६ मा इण्डियन एयरलाईसको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु ।
-सन् १९५७ मा इन्डियन एयरलाइन्स पाट्नेभञ्ज्याङ, टीकारभैरवमा दुर्घटना, २० जनाको मृत्यु ।
-सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना २० जनाको मृत्यु ।
-सन् १९६० मा नेपाल वायूसेवा निगमको विमान भैरहवामा दुघर्टना ४ जनाको मृत्यु ।
-सन् १९६२ मा नेपाल वायूसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना १० जनाको मृत्यु ।
-सन् १९६२ मा नेपाल वायुसेवा -निगमको विमान ढोरपाटनमै दुर्घटना ६ जनाको मृत्यु ।
-सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना ३५ जनाको मृत्यु ।
-सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना १ जनाको मृत्यु ।
-सन् १९७० मा रोयल लाईट जोमसोममा दुघर्टना १ जनाको मृत्यु ।
-सन् १९७२ मा रोयल लाईट धुलिखेलमा दुर्घटना ३१ जनाको मृत्यु ।
-सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना ५ जनाको मृत्यु ।
-सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना ६ जनाको मृत्यु ।
-सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६ जनाको मृत्यु ।
-सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना १० जनाको मृत्यु ।
-सन् १९८४ मा नेपाल एयरलाइसको विमान भोजपुरमा दुर्घटना १५ जना मृत्यु ।
-सन् १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना २५ जनाको मृत्यु ।
-सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना ११३ जनाको मृत्यु ।
-सन् १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भटटेडाँडामा दुघर्टना १६७ जनाको मृत्यु ।
-सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना १८ जनाको मृत्यु ।
-सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना २ जनाको मृत्यु ।
-सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
-सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना १८ जनाको मृत्यु ।
-सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना ३ जनाको मृत्यु
-सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
-सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना ५ जनाको मृत्यु ।
-सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना १० जनाको मृत्यु ।
-सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना २५ जनाको मृत्यु ।
-सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु ।
-सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना ४ जनाको मृत्यु ।
-सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना १८ जनाको मृत्यु ।
-सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना ३ जनाको मृत्यु ।
-सन् २००५ मा एयर डाइनेिटकको विमान रामेछापमा दुर्घटना ३ जनाको मृत्यु ।
-सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु ।
-सन् २००६ मा यती एयरलाइसको विमान लुक्लामा दुर्घटना १९ जनाको मृत्यु ।
-सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु ।
-सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु ।
-सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना १९ जनाको मृत्यु ।
-सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना १५ जनाको मृत्यु ।
-सन् २०१२ मा सीता एअरको विमान भतपुरमा दुर्घटना १९ जनाको मृत्यु ।
-सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति भएन ।
-सन् २०१८ मा त्रिभूवन विमानस्थलमा यू एस बंगला एयरको दुर्घटना, ४५ जनाको मृत्यु ।
-सन् २०१८ मा नुवाकोट अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु ।
-सन् २०१८ मा हुम्लाको सिमिकोट मकालु एयरको विमान, २ जनाको मृत्यु ।
-सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।
-सन् २०२२ मा तारा एअर ट्विनअटर मुस्ताङ्गमा दुर्घटना, २२ जनाको मृत्यु ।
-सन् २०२३ मा पोखरा सेती नदीको खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना, ७२ जनाको मृत्यु ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३