नेपाली बजारमा आइतबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा सोमबार गिरावट आएको भएपनि मंगलबार बढेकोमा आज फेरि घटेको छ । आइतबार एकैदिन तोलामा २ हजार ९ सय बढेर १ लाख १० हजार पुगेको छापावाल सुनको मूल्य सोमबार ७ सयले घटेर प्रतितोलो १ लाख ९ हजार ३०० मा कारोबार भएकोमा मंगलबार फेरि ५०० बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो १ लाख ९ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३३३५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७