अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ५७ मिनेट हिरासतमा राखिएको छ । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन ।
उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतमा आफ्ना वकिलहरुसँगै न्यायाधिश अगाडि बसेपछि उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो ।
त्यसपछि उनले आफूले कुनै अपराध नगरेको भनेर दलिल पेस गरेका थिए । ५७ मिनेटको गिरफ्तारीपछि उनलाई रिहा गरिएको छ ।
उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्ब डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।
न्युयोर्कको म्यानहटन अदालत अगाडि कडा सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध ¥याली निकाल्ने कोसिस गरेका थिए ।
ट्रम्पका विरोधीहरु र समर्थकहरुको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो ।
प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३