अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहसहित २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले उक्त गाउँपालिकाका अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।
लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा भुक्तानी गरेर भ्रष्टाचार भएको पाइएको अख्तियारको भनाइ छ ।
अख्तियारले उनीहरुमाथि ३१ लाख ७४ हजार ४६७ रुपैयाँ बिगो माग्दै मुद्दा हालेको छ। मिलेमतोमा नियम विपरीत प्रतिवादीहरूले २६,४६,०२७ र ५,२८,४४० भुक्तानी गरेको अख्तियारको ठहर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३