नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम रिपोर्ट हेर्न आफूजति आतुर कोहि नभएको बताएकी छिन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा को दोषी हो, को होइन प्रष्टसँग आओस त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि म भन्दा आतुर कोही छैन ।’
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्ररणमा को–को दोषी हुन् भन्नेबारे चाँडो छानबिन हुनुपर्ने समेत उनले माग राखिन् । साथै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको समेत बताईन् ।
उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको आरजुले गुनासो गरिन् । उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन होइन, दिस इज रेप अफ माइ क्यारेक्टर हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३