केबिएस लुभुको कन्सेप्ट तथा व्यवस्थापनमा नेपाल भाषाको “मैचिया ग्वाली न्यात” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कृष्ण महर्जनले लेख्नु भएको यस गितमा उहाँलाई गायिका सरस्वती मानन्धरले गायनमा साथ दिनु भएको छ । तामाङ्ग सेलो भाकामा बनेके यस गीतको संगीत संयोजन अनिल तुलाधरले गर्नु भएको छ ।
बाल मुकुन्द प्रजापतिद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन सैलेश श्रेष्ठ गर्नु भएको छ भने कलाकारहरू रबि डंगोल ,आराध्या लक्ष्मी खड्गी ,किरण जोशी ,अन्नपुर्नेश्वरी श्रेष्ठ , राजाराम तन्डुकार ,महेश प्रकाश हाडा ,पुजा महर्जन, लक्ष्मी प्रसाद अमात्य , गोपाल महर्जन , महेन्द्र श्रेष्ठ , सत्य नेम्कुल , बिगेन तुलाधर , नीशा डंगोल , बिज्ञता महर्जन ,रिया सुवाल , वर्षा सुकुपायो , सुष्मा श्रेष्ठ ,मिनिता महर्जन र अनु कपालीले अभिनय गर्नु भएको छ।
यस सँगै सोही कार्यक्रममा नेपालभाषामा निर्माण भएको “जिमी बाँज्या” को पनि म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। जसमा नवगायक सुन्दर ब्यान्जुको गायन, शव्द र संगीत रहेको छ। यस म्युजिक भिडियोमा रवि डंगोल, मनोज महर्जन, शान्ता महर्जन, शर्मिला सिंह महर्जन लगायतका कलाकारहरुको अभिनय छ भने यस गीत पनि केबिएस लुभुको कन्सेप्ट तथा व्यवस्थापनमा निर्माण भएको हो। यस म्युजिक भिडियो पवन जोशीको निर्देशनमा बनेको छ भने शैलेश श्रेष्ठ लुभुको सम्पादन तथा छायाँकन रहेको छ।
दुवै म्यूजिक भिडियो गएको जेठ २५ गते लुभुमा सार्वजनिक गरिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३