वीरगंज महानगरपालिका-१६ ईनार्वाबाट ८ लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा प्रसौनी वडा नम्बर २ बस्ने ३३ वर्षीय सुनिल कुमार साह रहेका छन् ।
ना.२८ प ९००८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहले लागाएको हेल्मेट भित्र रहेको उक्त हुन्डीको रुपैयाँसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
हुन्डीको रकम सहित पक्राउ परेका साहलाई बैंक तथा वित्तिय ऐन सम्बन्धी कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७