सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगंजले ३१४ पिस अवैध लागूऔषध सहित एक महिला पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल गुल्म वीरगंजका प्रमुख एवम प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेले विशेष सूचनाको आधारमा वीरगंज भन्सारको गेट अगाडी खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेकी महिलालाई रोकी चेकजाँच गर्दा उक्त लागूऔषध फेला परेको जानकारी दिए ।
फेरानगन, डाईजोपाम र नोर्फिन ३१४ एम्पुल सहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।
पक्राउ पर्नेमा भरतपुरकी सबनम खातुन रहेकी छिन । खातुनलाई पक्राउ गरि प्रहरी चौकी ईनार्वामा बुझाएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका सशस्त्र नायब उपरीक्षक पाण्डेले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७