म्यान्मारकी नेतृ आङ सान सुकीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुकीलाई हिरासतमा लिएको थियो ।
त्यसपछि ७८ वर्षीया उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो । दुई वर्षयता उनको अवस्थाबारे कुनै सूचना सार्वजनिक भएको थिएन । सत्ता परिवर्तनपछि सैन्य सरकारविरुद्ध अमेरिकार र अन्य पश्चिमा देशहरूले प्रतिबन्ध लगाएका छन् ।
आफ्ना नागरिकविरुद्ध हवाई आक्रमण गरेको र गाउँहरू तहसनहस पारेको आरोप सैन्य सरकारमाथि छ । यसबीचमा म्यान्मार सैन्य सरकारविरुद्ध पिपुल्स डिफेन्स फोर्स पनि संगठित भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३