सशस्त्र प्रहरीले भारतबाट अवैधरुपले भित्राएको २६ वटा राङ्गा-भैंसी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहत रहेका सशस्त्र प्रहरी बल बिओपी प्रसौनीले अवैध रुपमा भित्राएको रङ्गा भैसीहरु नियन्त्रणमा लिएको हो।
पर्सा जिल्लाको सबैठवा नाकाबाट भैसी तस्करी भईरहेको सूचना पाएपछि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहत रहेका प्रसौनी बिओपीले २६ गोटा राङ्गा भैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरि पर्सा जिल्लाको पकाहा, सबैठवा र भिखमपुर, महादेवपर्टी, जानकिटोला, पाण्डेपुर लगाएतको नाकाहरुमा व्यापक रुपमा दिनहु हजारौं भैसीहरु भारतबाट नेपाल तर्फ तस्करहरुले मिलेमतोमा भित्राउने गरेको स्थानीयहरु बताउछन् ।
पक्राउ परेको २६ वटा भैंसी वीरगंज भन्सार कार्यालय वीरगंजमा बुझाएपछि भन्सारले ७ लाख ६० हजार रुपैयामा लिलाम गरेको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश बरालले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७