क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।
भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।
सन्दीप एसिया कप खेलेर बुधवार मात्रै स्वदेश फर्किएका छन् । १७ वर्षीया एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटकपटक बलात्कार गरेको भन्दै गतवर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७