वीरगंजको ड्राईपोर्ट चाेकबाट हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीले १ थान कटुवा पेस्तोलसहित वीरगंजका दुई जनालाई युवकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी सिर्सियाबाट ड्राईपोर्ट चाेक स्थित सडकखण्डमा खटिएको चेकिङ् टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकललाई रोकी चेकजाँच गर्दा झोलाबाट १ थान कटुवा पेस्तोल फेला परेकाे पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए
कटुवा पेस्तोलसहित पक्राउ पर्नेमा वीरगंज वडा नम्बर २६ का साहिल अंसारी र सो वडाका सरफराज अंसारी रहेका छन् । उनीहरूलाई हातहतियारसम्बन्धि कसुरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको उपरीक्षक शाहले जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७