विश्व शौचालय दिवस २०२३ आज विश्व भर तिव्र परिवर्तन भन्ने नाराका साथ मनाई रहँदा एरोशानले पनि विश्व शौचालय दिवस मनाएको छ ।
सरसफाईको क्षेत्रमा अग्रसर स्वच्छ सफा शौचालयको पहिचान दिलाउन सफल एरोशानले हाल सञ्चालनमा रहेको अत्याधुनिक शौचालयमा सुधार गर्नुपर्ने पक्षहरु तथा विश्व शौचालय दिवस प्रति जनमानसको धारणा बुभ्mन शौचालय प्रयोगकर्ताहरुसँग गुथि र स्वाभिमानी सरसफाईकर्मी सहकारी संस्थासँगको सहकार्यमा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियाको क्रममा धेरै प्रयोगकर्ताहरुले अरु सार्वजनिक शौचालय भन्दा एरोसानद्धारा संचालित सार्वजनिक शौचालयहरु सफा र व्यवस्थित रहेको धारणा राख्दै यस्तै प्रकारको सार्वजनिक शौचालयहरु मनिसहरु धेरै आवत जावत हुने स्थानहरुमा पनि बनाउनु पर्ने धारणा राखे । अधिकांस प्रयोगकर्ताहरुले यस्तो शौचालय प्रयोग गर्दा अन्यत्र सञ्चालित सार्वजनिक शौचालयहरु भन्दा फरक अनुभुती भएको विचार राख्दै यस्तो सफा र व्यवस्थित शौचालयमा शुल्क तिर्न कुनै संकोच नहुने पनि बताए ।
विश्व शौचालय दिवसको पूर्व सन्ध्यामा स्मार्ट वास, एस.एन.भि. र वाटर ऐडको संयुक्त आयोजनामा मंसिर १ गते होटल हिमालयमा विभिन्न संघ संस्था, सरकारी निकाय तथा विज्ञहरुको उपस्थितमा सञ्चालित गोष्ठिमा एरोशान नेपालका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले शौचालय निर्माण, सञ्चालन तथा व्यवस्थापनमा आएको चुनौति तथा शौचालय सञ्चालक पविता खपाङ्गीले शौचालय सञ्चालकको रुपमा एरोशान हवमा कार्यरत रहँदाको आफ्नो अनुभव सुनाएका थिए ।
एरोशानका परिकल्पनाकार स्व. प्रकाश अमात्यको नविनतम स्मार्ट सार्वजनिक शौचालयको प्रयोग हाल निकै लोकप्रिय बनिरहेको कार्यक्रम अधिकृत श्रेष्ठले बताइन् । स्व. अमात्यको अभाव एरोशानले सदैव महशुस गर्ने पनि उनको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३