प्रहरीले स्रोत नखुलेको १९ हजार ९० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–५ का उनी हुण्डी कारोबारमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा साहलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार साहलाई बरामद गरिएको नगद र उनले प्रयोग गरेको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।
अवैध हुण्डी कारोवारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले त्यसमा संलग्न कारोबारीहरूको सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ ।
यसक्रममा गत कात्तिक १४ गते १६ वर्षीय बालकलाई नगद २१ लाख ८७ हजार रकमसहित पक्राउ गरिएको थियो । उनलाई हुण्डी कारोबारीहरुले प्रयोग गरेको पाइएको थियो ।
यसैगरी, यसअघि विराटनगर–१५ सुडी वस्ती बस्ने धर्मानन्द साहलाई ४ लाख ७५ हजारसहित पक्राउ गरिएको थियो भने विराटनगर–१५ का रञ्जितकुमार साहलाई ९ लाख २० हजारसहित पक्राउ गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३