घरबाटो सिफारिस गरिदिने भन्दै ५ लाख रुपैयाँ घूस लिएको अवस्थामा पक्राउ परेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले कार्कीलाई गत पुस पहिलो साता जीतपुरस्थित जैसवाल होटलबाट नियन्त्रणमा लिएको थियो । टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याइएका उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो ५ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालत आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७