सुप्रिम कलेज सामाखुसीले स्नातक तह प्रथम वर्ष र कक्षा ११ नव आगन्तुक तथा कक्षा १२ र स्नातक तह चौथो वर्षका विध्यार्थीका बिदाई कार्यक्रम सम्पन्न गरेको छ । टोखा नगरपालिका वडा नं १० का वडाध्यक्ष मचाकाजी महर्जन सुप्रिम कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन र थप शैक्षिक कार्यक्रमहरु विस्तार गर्न आग्रह गरे ।
कलेज सञ्चालक समितिका अध्यक्ष हरि कर्माचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा प्रिन्सिपल रमेशचन्द अधिकारीले औपचारिक शिक्षाको साथै व्यावहारिक ज्ञानलाई उच्च महत्व दिएको बताउँदै छिटै स्नातकोत्तर तहको अध्यापन पनि शुरु गरिने जानकारी दिए । कलेजका संस्थापक ओमबहादुर अधिकारीलगायतले कलेजको गतिविधि र भावी कार्ययोजनाका बारेमा प्रकाश परे ।
कार्यक्रममा लोक गायक अमर गुरुङले विभिन्न लोक गीत प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले पनि गीत र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा कलेजले विभिन्न समयमा आयोजना गरेका अतिरिक्त क्रियाकलापहरु, फूटबल, टेबुलटेनिस, हाजिरीजवाफ प्रतियोगिता, निवन्धलगायत विभिन्न प्रतियोगितामा विजयी एवं सर्वोत्कृष्ठ स्थान ल्याउन सफल छात्रछात्राहरुलाई पटक तथा पुरस्कार प्रदान गरिएको थियो ।
विसं २०७० मा बिबिएस, बिए र बिएसडब्लुको पाठ्क्रममा कक्षा सञ्चालन गर्दै आएकामा पछि दश जोड दुई र नर्सरीदेखि कक्षा १० सम्मको अलग्गै विद्यालय सञ्चालन गर्दै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३