नेकपा (एमाले) ललितपुरको नवौं जिल्ला अधिवेशनबाट पुरुषोत्तम आचार्य अध्यक्षमा निर्वाचित भएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा सम्पन्न अधिवेशनबाट २ सय २९ मत प्राप्त गरी आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अन्य तीन जना प्रतिस्पर्धीहरुमध्ये चेतनाथ संजेलले १ सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरेका थिए । चैत्र २३ गते देखि सुरु भएको अधिवेशनमा नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास सफल नभएपछि आज निर्वाचन भएको हो । अधिवेशनबाट १ सय २० सदस्यीय जिल्ला कमिटी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
ललितपुर जिल्ला कमिटीको उपाध्यक्षमा ललितपुर महानगरकी उप प्रमुखसमेत रहेकी मन्जली शाक्य (आस्था) निर्वाचित भएकी छिन् । सचिवमा राम राउत निर्वाचित भएका छन् भने सहसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा ४ सय ७८ प्रतिनिधि रहेकामा ४ सय ७३ मत खसेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३