Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ आश्विन १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

५ घण्टा अघि
२

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

२ दिन अघि
३

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

३ दिन अघि
४

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

३ दिन अघि
५

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

३ दिन अघि
६

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

४ दिन अघि
७

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

४ दिन अघि
८

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

४ दिन अघि
९

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
१०

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
११

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
१२

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

२ हफ्ता अघि

धेरै पढिएका

१

सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

१ महिना अघि
२

पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित

३ हफ्ता अघि
३

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

२ हफ्ता अघि
४

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

२ हफ्ता अघि
५

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
६

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
७

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

४ दिन अघि
८

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
९

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

४ दिन अघि
१०

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

२ दिन अघि
११

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

४ दिन अघि
१२

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

३ दिन अघि

प्रत्येक नेपालीको अनुहार र आँगनमा खुशी र उज्यालो नपुगेसम्म गणतन्त्रको उद्देश्य पुरा हुँदैन: राष्ट्रपति

प्रकाशित मिति: २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)

  • २१७ पटक पढिएको
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन भन्नुभएको छ ।

    राष्ट्रपति पौडेलले गणतन्त्र दिवस २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश दिनुहुँदै आज गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने नै भएको स्पष्ट गर्नुभएको छ ।

    “त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवं सुशासन हो, जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन”, शुभकामना सन्देशमा उल्लेख छ । उहाँले यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको बताउनुभएको छ । “म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौ, किनभने यो दायित्व पुरा नगरी हामी स्वाधिनता र समृद्धिको लक्ष्य कसैगरी हासिल गर्न सक्दैनौं”, सन्देशमा भनिएको छ ।

    गणतन्त्र दिवस हामीले विगतलाई संझने, वर्तमानलाई सजाउने र भविष्यका बारेमा चिन्तन गर्ने दिन पनि हो भन्दै उहाँले हामीले आजको पुस्तालाई सबल अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गरी आउने पुस्तालाई सबल, एकतावद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम् लोकतान्त्रिक संस्कृति दिने संकल्प पनि आजैबाट गर्नुपर्नेमा जोड दिनुभयो ।

    “नागरिकका आम समस्याहरू, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिवीको अन्त्य त गर्नुनै छ, साथै विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई पनि उँचो बनाउनुछ, हामीले हाम्रो मौलिक पहिचानको प्रवर्धन त गर्नुनै छ, साथै एक समृद्ध र आत्मगौरवसहितको देशको पहिचान पनि सुनिश्चित गर्नुछ”, सन्देशमा भनिएको छ ।

    उहाँले यसले गर्दा हाम्रो सरकार, नागरिक र माटोको सम्बन्ध बलियो बनोस् र हामी विकासको नयाँ उचाई प्राप्त गर्न सकौं तथा यसबाट हाम्रा सन्ततिहरूले भविष्यमा हामी माथि गर्व गरुन् भन्ने उल्लेख गर्नुभएको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको भन्दै राष्ट्रपति पौडेलले सन्देशमा यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर र राज्य तथा राष्ट्रनिर्माणको अभिभारा दिएको उल्लेख गर्नुभएको छ ।

    सँगैसगै यतिबेला हामीले जनताको हित र कल्याणसँंग जोडिएका केही अहम् प्रश्नहरूमा सोच्नैपर्ने हुन्छ भन्ने आफूलाई लागेको उहाँले उल्लेख गर्नुभएको छ । “के हामीले प्राप्त गणतन्त्रलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गरेका छौं ? कि हाम्रा कामले गणतन्त्रले परिलक्षित गरेको उद्देश्यमा कँंही बाधा उत्पन्न भैरहेको छ ? किन प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न हामीलाई अझै कठिन भैरहेको छ ? यी प्रश्नहरूलाई पन्छाएर हामीले अब धर पाउने छैनौ”, सन्देशमा भनिएको छ ।

    यो दिन नेपाल र नेपालीको लागि ऐतिहासिक र गौरवमय दिन हो भन्दै उहाँले आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौं र यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरी एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएको स्मरण गर्नुभएको छ ।

    “यो ऐतिहासिक दिनमा म गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने आदरणीय शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, यहाँंसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान गर्न चाहन्छु, साथै, जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी नागरिक र राजनीतिक दल सबैलाई अभिनन्दन गर्न चाहन्छु”, सन्देशमा भनिएको छ ।
    गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण आफूले सम्झिरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । “त्यो क्षण हामीले शहीदहरूलाई सम्झिएर भनेका थियौ कि अब सामाजिक न्याय, स्वाधिनता र समृद्धि सुनिश्चित हुनेछ, कि हाम्रो देशको झण्डा अब संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिन्ह बनेर विश्व समुदायमा गर्वका साथ फहराउने छ । हाम्रो मातृभूमी धन्य धन्य भएको दिन थियो त्यो”, सन्देशमा भनिएको छ ।

    यसको अर्थ अहिले हामी कुनै एक दिनलाई गणतन्त्र दिवस भनेर केवल औपचारिक उत्सव मनाईरहेका छैनौं भन्दै उहाँले त्यो ऐतिहासिक क्षणलाई संझिरहेका छौ र संकल्प गरिरहेका छौ कि हामी त्यो क्षण कहिल्यै नविर्सने बताउनुभएको छ । “जुन दिन गौरवपूर्ण परिवर्तको ओज र उज्यालोमा हामी प्रज्वलित भएका थियौं, त्यही क्षण, हामीले सम्पूर्ण नागरिक जीवनलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकारसम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिने संकल्प गरेका थियौं, जुन संकल्पको अर्थ, ओज र गरिमालाई हामीले भुलेका छैनौ र, आजको दिनले हाम्रो त्यो संकल्पलाई पुरा गर्न अझ धेरै प्रतिवद्ध बनाउनेछ भन्ने मैले विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
    हरप्रहर

    यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

  • डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    हरप्रहर

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

  • जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    हरप्रहर

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

  • प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    हरप्रहर

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

  • ताजा खबर
  • १

    यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
    ५ घण्टा अघि

  • २

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    २ दिन अघि

  • ३

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    ३ दिन अघि

  • ४

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    ३ दिन अघि

  • ५

    दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution