आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दैछ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट (वार्षिक राजश्व र व्ययको अनुमान) पेश गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमतिनजिक पुगेकाले आजको बैठक सहज बातावरणमा सञ्चालन हुने कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।
‘सत्ता पक्ष र विपक्षका दलहरूको बैठक सहमतिउन्मुख छ । आज ११ बजे कार्यदलको बैठक बसेर त्यसलाई टुंगोमा पु¥याउँछौँ,’ उनले भने, ‘सरकारले बजेट ल्याउँछ । संसद् सहज बातावरणमा चल्छ ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा दलहरू करिब करिब सहमतिउन्मुख देखिएका थिए । आज बस्ने कार्यदलले त्यसलाई निष्कर्षमा पुर्याउने जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३