काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल रास्ट्रिय जातीय संग्रहालयकाे अवलोकन गर्नुभएको छ ।
आइतबार काठमाडौंस्थित नेपाल पर्यटन बाेर्डकाे भवनमा रहेकाे संग्रहालयकाे अवलोकन गर्नुभएको हाे ।
नेपाली संस्कृति, रीतिरिवाज, विश्वास आदि हाम्रा बहुसांस्कृतिक समाजका पक्षहरूको आगामी, पिंढीहरूको लागि संरक्षणको आवश्यकता महसुस गरी नेपाल पर्यटन बोर्ड र नेपाल राष्ट्रिय जातीय संग्रहालय (NNEM) को सयुक्त प्रयासमा नेपाली संस्कृतिको जगेर्ना गर्ने हेतुले जातीय संग्रहालयको स्थापना गरिएको हो ।
नेपालको जातीय, सांस्कृतिक विविधतालाई झल्काउने र सूचना प्रवाहको कमीलाई यो संग्रहालय हाल नेपाल पर्यटन बोर्डको भवनमा रहेको छ । यस संग्रहालय नेपालको कला, संस्कृति (जीवन शैली) को बारेमा जान्न, सिक्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि सूचना तथा ज्ञान प्रदान गर्ने एक माध्यमको रूपमा रहेको छ ।
एक हलमा विभिन्न जातजाति तथा जनजाति समुदायहरूको साँस्कृक्तिक वस्तुहरू प्रदर्शनी गरिएको छन् भने अर्को प्रदर्शनी हलमा संग्रहालयमा कक्षा रहेका जातीय समुदायको जीवनशैली झल्कने संग्रहालयको रूपमा निर्माण गरिएको छ । हाल यसमा संग्रहालयमा बीस वटा विभिन्न जातीय समुदायहरूको सांस्कृतिक बस्तुहरू प्रदर्शनी गरिएको छ ।
यस्तै मन्त्री तामाङले कीर्तिपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने चम्पादेवी (धिना च्वँ) डाँडाको फेद, चम्पादेवी सामुदायिक वनक्षेत्रमा रहेको नेपाल राष्ट्रिय जातीय संग्रहालयको जग्गाको पनि अवलोकन गर्नुभएको थियो ।
अहिले त्यहाँ सुरक्षागार्ड बस्ने घर, चारैतिर पर्खाल, विद्युत्गृह, सय लिटरको पानी ट्यांकी र डिप बोरिङ रहेको छ ।
सुरुमा २०५८ सालको जनगणनालाई मध्यनजगर गरी १ सय ३ जातजातिका लागि भनेर गुरूयोजना बनाइएको थियो । पछि अर्को जनगणनापछि १ सय २५ जातजातिबारे अध्ययन गरी सबैका लागि क्लस्टर बनाएर जग्गा छुट्याइयो ।
नेपालको परम्परा र रीतिरिवाज अध्ययन गर्न आउने अध्येतालाई बस्ने स्थान पनि उपलब्ध गराइनेछ । जग्गा सम्याएपछि जाति विशेषको समूहलाई हस्तान्तरण गरिने र उनीहरूले नै आफ्नो रहनसहन झल्किने गरी घर बनाउन दिइनेछ । उनीहरूले नै संस्कृति झल्काउने गरगहना, पोसाक र अन्य सामग्री थप्नेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३