वर्ल्ड नेवाः अर्गनाइजेशनका संरक्षक दयारत्न शाक्यलाई संरक्षक पद र कर्तब्यबाट मुक्त गरिएको छ। अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठले एक पत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
अध्यक्ष श्रेष्ठद्वारा सार्वजनिक गरिएको उक्त पत्रमा सन् २०२४ अप्रिल २२ तारिखमा आफ्ना पछिल्लो पत्रको अनुसरण गरिएको कुरा ब्यक्त गर्दै संरक्षक दयारत्न शाक्यलाई लक्षित गरी भने, “वर्ल्ड नेवाः अर्गनाइजेशनका सदस्य र नेवार समुदायका ब्यक्तिप्रति तपाईँको आचारसंहिताको समीक्षा गरेर, हाम्रो एक प्रमुख परियोजना विरुद्ध तपाईँको कुसूचित र भ्रामक अभियानको आधारमा संस्थासँग मैले पुष्टि गरें कि, तपाईँले अब वर्ल्ड नेवाः अर्गनाइजेशन संस्थाको संरक्षक भएर काम गर्नुहुने छैन ।”
सार्वजनिक भएको पत्रमा भनिएको छ, “तपाईँले कुनै पनि ब्यक्ति अथवा संगठनका विरुद्ध सार्वजनिक रूपमा आवाज राख्ने अधिकार सुरक्षित गर्नसक्नु हुन्छ । तर तपाईँले संगठन भित्र अर्गनाइजेशन विरुद्ध कदम उठाउनु भएको कार्य संवैधानिक रूपमा स्वीकार्य हुँदैन । यस आचारसंहिता उल्लंघन निकै निन्दनीय छ, अनि यो पछिल्लो पत्र पनि त्यसैको परिणाम हो ।”
अध्यक्ष संयुक्त श्रेष्ठले सार्वजनिक गरेको पत्रमा भनिएको छ, “हामीले तपाईँको संस्कृति र भाषाको ज्ञानलाई सम्मान गर्ने मूल्य दिएका छौं । तर तपाईँले सार्वजनिक रूपले वर्ल्ड नेवाः अर्गनाइजेशनको परियोजना र त्यसमा संलग्न ब्यक्तिहरू विरुद्ध जसरी गइराख्नु भएको छ, त्यो निर्विवाद रूपमा स्वीकार्य छैन । हामीले तपाईँको मार्गनिर्देशन र निर्देशनको आशा गरेका हौं कि, अर्गनाइजेशनलाई अगाडि बढाउने, तर तपाईँले त्यसको बदला तल घचेडी आफ्नो अर्गनाइजेशनप्रतिको नकरात्मक बिचार धेरै पटक प्रमाणित गर्नुभएको छ ।”
अध्यक्ष संयुक्त श्रेष्ठले वर्ल्ड नेवाः अर्गनाइजेशनको संरक्षकका रूपमा समय दिएकोमा धन्यबाद दिँदै दयारत्न शाक्यलाई संरक्षकको कर्तब्यबाट मुक्त गरिएको उल्लेख गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३