Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक २५, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि

संस्कृति पुस्तान्तरणको लागि मेलाको आयोजना हुँदै

हरप्रहर डेस्क ललितपुर प्रकाशित मिति: २०८१ भाद्र २७, बिहिबार (१ साल अघि)

  • ४०२ पटक पढिएको
  • यस वर्षको बाल दिवस जावलाखेलस्थित लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउने भएको छ । आउँदो भाद्र २९ गते शनिवारको दिन राष्ट्रिय बाल दिवसको अवसरलाई लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउन लागेको हो ।

    दिवसको अवसरमा लभ्ली होमले ललितपुरको जाउलाखेलस्थित खेल मैदानमा बाल दिवस मेला २०८१ को आयोजना गर्न लागेको छ । लभ्ली होमले ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम र विद्यार्थीहरुको लागि खेलसहित मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

    लभ्ली होम स्कूलकी संस्थापक माहेश्वरी अमात्यले बालबालिकाको बाल्यकाललाई अभिभावकहरुसँग जोड्दै विभिन्न खेल, सांस्कृतिक र विभिन्न गतिविधिहरु सहित मेलाको आयोजना गर्न लागेको बताइन् । ‘हामी बालबालिकाको बाल्यकाललाई एउटा उत्सवको रुप दिन चाहन्छौं । बालबालिकाको बालापनसँग जोड्दै अभिभावकलाई आफ्नो बाल्यकालको अनुभूति गराउन चाहन्छौं, जसले बाल दिवसलाई एउटा उत्सवको रुप देओस्’ संस्थापक अमात्यले भनिन् । अरु दिवस वा अवसरलाई उत्सवको रुपमा मनाए जस्तै बाल दिवसलाई खासै महत्व नदिइएको परिस्थितीमा फादर्स डे, मदर्स डेलाई उत्सवको रुपमा दिने बालबालिकाको दिवसलाई उत्सव किन नबनाउने भन्ने अमात्यको प्रश्न छ ।

    कार्यक्रममा अन्य मनोरन्जनात्मक प्रस्तुतिहरुको साथै सिकाइ र पुस्तान्तरणको माध्यमको रुपमा विद्यार्थीहरुबाट कार्यक्रममा लाखेय्, पुलुकिसिको प्रस्तुति समेत रहने जानकारी लभ्ली होमका डान्स कोअर्डिनेटर सुजन बज्राचार्यले दिए । सोही पत्रकार सम्मेलनमा यल लाय्कू मिप्वाः लाखय् पुचःका संरक्षक उत्तम रत्न शाक्यले लाखेय् लगायतका स्थानीय संस्कृतिसँग जोडिएका अमूर्त सम्पदालाई रेस्टुरेन्ट, बार लगायतका ठाउँमा नचाएर दुरुपयोग गर्न नहुने तर यसको मूल्य मान्यतालाई कायम राख्दै विद्यार्थीहरुमार्फत पुस्तान्तरण हुनु राम्रो विषय भएको विचार राखे । ‘विद्यार्थीहरु लाखय् नाच नाच्छन् भने उनीहरुले लाखय्बारे थाहा पाउँछन्, सिक्छन् । दुरुपयोग पो हुनु भएन, यसरी भविष्यका कर्णधारहरुलाई सिकाउनु त राम्रो कुरा हो’ संरक्षक शाक्यले भने ।

    कार्यक्रममा विभिन्न सांस्कृतिक गतिविधिको साथमा कार्यक्रमको मुख्य आकर्षणको रुपमा निशा देसार र रोजमान महर्जनको प्रस्तुति रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । साथमा विभिन्न खाद्य परिकारका स्टलहरु, खेल गतिविधिहरुसहित विहानको ११ बजेदेखि साँझको ४ बजेसम्म मेलाको आयोजना हुने जानकारी आयोजकले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ हफ्ता अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    ३ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution