अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्वेक्षक संजिव कुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक राम बाबु भुजेललाई नियन्त्रणमा लिएको हो ।
जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले यादव र भुजेललाई नियन्त्रणमा लिएको हो ।
जग्गा हालसाबिक गरी पूर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो । उनीहरूलाई घुस रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिइएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३