काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा नं ३ स्थित पर्यटकिय नगरी जहरसिंपौवामा असोज १२ गतेदेखि असोज २३ गतेसम्म फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवा खेल मैदानमा हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ रहेको छ भने उप-बिजेताले १ लाख ११ हजार १ सय ११ र सान्त्वना पुरस्कार स्वरुप फस्ट रनरअपले ५५ हजार ५ सय ५५ पाउनेछन् ।
जहरसिंपौवा क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको जहरसिंपौवा युवा क्लबको आयोजनामा हुन लागेको सो प्रतियोगिताले समग्र खेलकुद क्षेत्रको बिकासमा महत्वपूर्ण टेवा पुर्याउन सहयोग पुग्ने आयोजक क्लबका अध्यक्ष बासु वाईबाले बताए । नक आउट चरणमा सम्पन्न हुने उक्त प्रतियोगिताको टिम दर्ता यहि भदौ २३ गतेबाट शुरु भैसकेको र टिमले दर्ताका लागि १० हजार प्रवेश शुल्क बुझाउनु पर्ने पनि अध्यक्ष वाईबाले जानकारी दिए ।
जहरसिंपौवा युवा क्लबको आयोजनामा गत बर्ष पनि करिव २ लाख पुरस्कार राशिको फुटवल प्रतियोगिता आयोजना गरिएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३