नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाईएको बताएका छन् ।
बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए ।
उनले भने, ‘टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । एउटा प्रवृत्ति नहोस् भन्ने नै छ । अझ गम्भिर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुङ्ग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौंला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ त्यसले । माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ ।’
त्यस्तै, पीडितहरु एकतावद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपु¥याएसम्म अर्को १८ वर्ष सम्म शान्ति प्रक्रिया टुङग्गो नलाग्ने उनको भनाई छ ।
उनले भने, ‘यसको समाधान पीडितहरुले बेलाबेलामा यो कुरा उठाईराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु किनकी अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ । यो विषय कानुनी भन्दा पनि बढि राजनैतिक नै छ । पीडितहरु एकतावद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोच बर्बाद हुने भयो भन्ने ठाउँमा नपु¥याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन् ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३