Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ आश्विन १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१४ घण्टा अघि
२

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

२ दिन अघि
३

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

३ दिन अघि
४

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

३ दिन अघि
५

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

३ दिन अघि
६

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

५ दिन अघि
७

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

५ दिन अघि
८

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

५ दिन अघि
९

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
१०

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
११

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
१२

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

२ हफ्ता अघि

धेरै पढिएका

१

सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

१ महिना अघि
२

पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित

३ हफ्ता अघि
३

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

२ हफ्ता अघि
४

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

२ हफ्ता अघि
५

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
६

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

५ दिन अघि
७

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
८

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
९

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

५ दिन अघि
१०

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

५ दिन अघि
११

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

३ दिन अघि
१२

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

२ दिन अघि

नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू

सौगात मिश्र काठमाडौँ प्रकाशित मिति: २०८१ फागुन १४, बुधबार (६ महिना अघि)

  • ४०९ पटक पढिएको
  • डिजिटल युगमा नेपालले पनि विश्वका अन्य देशहरू जस्तै गलत सूचना र भ्रामक सूचनामा उल्लेखनीय वृद्धिको सामना गरिरहेको छ । गलत सूचना परालमा लागेको आगो जसरी ह्वारर फैलिने गरे पनि परिस्थिती अनुसार भुसको आगो जसरी समाजमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । सामाजिक सञ्जाल प्लेटफर्महरू र इन्टरनेटको व्यापक प्रयोगले सूचना प्रसारण र उपभोग गर्ने तौर तरिकामा व्यापक परिवर्तन ल्याएको छ । यसले जानकारीको पहुँचलाई लोकतान्त्रिक बनाएको भए पनि यसले गलत र भ्रामक सूचना सामग्रीलाई फैलिन तीव्र रुपमा मार्ग प्रशस्त गरेको छ । यस लेखमा नेपालमा गलत सूचना र भ्रामक सूचनाको वर्तमान अवस्थाको खोजी गर्ने प्रयास गरिएको छ, यसले ल्याउने चुनौतीहरू र यसलाई सामना गर्न गरिएका प्रयासहरूबारे छलफल गरिएको छ ।

    गलत सूचना र भ्रामक सूचना

    गलत सूचना र भ्रामक सूचनाबीचको शाब्दिक रुपमा झिनो भिन्नता मात्र देखिए पनि वास्तविक भिन्नता भने व्यापक छ । गलत सूचना (misinformation) भन्नाले कसै माथि हानि गर्ने उद्देश्य बिना फैलिएको गलत वा अशुद्ध सूचनालाई जनाउँछ । मानिसहरूले यो सत्य हो भन्ने विश्वासमा गलत सूचनालाई नै सत्य सूचनाको रुपमा ग्रहण गर्दछन् । यो नियोजित हुदैन । भ्रामक सूचना (Disinformation) भनेको मानिसहरूलाई गुमराहमा राख्नको लागि कुनै नियोजित उद्देश्य बोकेर फैलाइएको गलत जानकारी हो । यो प्रायः राजनीतिक, आर्थिक, वा विचारधारात्मक उद्देश्यबाट प्रेरित रहेको हुन्छ ।

    नेपालमा डिजिटल अवस्थाको परिदृश्य

    नेपालले पछिल्लो समयमा मारेको उच्चतम फड्कोमा सूचना प्रविधि पनि मुख्य एक हो । नेपालमा विगतका दशक देखि हालसम्मको अवस्थामा इन्टरनेटको पहुँच र स्मार्टफोनको प्रयोगमा तीव्र वृद्धि भएको छ । सन् २०२३ सम्ममा जनसंख्याको ६०% भन्दा बढीले इन्टरनेटको पहुँच पाएका छन् र फेसबुक, ट्विटर, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू अत्यधिक लोकप्रिय भएका छन् । यस डिजिटल क्रान्तिले संचार, शिक्षा र आर्थिक अवसरहरूमा उल्लेखनीय टेवा पुर्याएको छ । यधपि, यसले जनमानसमा गलत सूचना र भ्रामक सूचनाको बाढी नै ल्याइदिएको छ ।

    गलत सूचनाको स्रोतहरू र फैलावट

    नेपालमा गलत सूचना र भ्रामक सूचनाको फैलावट हुनुमा विभिन्न कारणहरु रहेका छन् :

    १. सामाजिक सञ्जाल प्लेटफर्महरूः गलत सूचना फैलाउने प्रमुख माध्यम सामाजिक सञ्जाल हुन पुगेको छ । यसको व्यापक पहुँच र सामग्री सम्प्रेषण गर्ने सहजताका कारण अफवाहहरू र गलत तथ्यहरू क्षणभरमै भाइरल भइरहेका छन् । विशेष गरी फेसबुक नेपालमा गलत सूचनाको एक प्रमुख स्रोत रहदै आएको छ । पछिल्लो समय टिकटकले पनि फेसबुकलाई उछिन्न खोजेको अनुभुती भएर नै अघिल्लो सरकारले टिकटक ब्याण्ड गर्नु परेको सजिलै आंकलन गर्न सकिन्छ ।

    २. डिजिटल साक्षरताको कमीः ग्रामीण क्षेत्रहरूमा विशेष गरी जनसंख्याको ठूलो अंशमा अनलाइनमा भेट्टाइने सूचनालाई आलोचनात्मक रूपमा मूल्यांकन गर्न सक्ने डिजिटल साक्षरताको अभाव रहेको छ । यसले उनीहरूमा गलत सूचना ग्रहण गर्नुको बिकल्प हुँदैन ।

    ३. राजनीतिक ध्रुवीकरणः नेपालको राजनीतिक परिदृश्य अत्यधिक ध्रुवीकृत छ, जहाँ प्रतिस्पर्धी पार्टीहरू र समूहहरूले आफ्नो विपक्षीलाई कमजोर पार्न भ्रामक सूचना अस्त्रको रुपमा प्रयोग गर्छन् । यसले विशेष गरी चुनाव वा राजनीतिक अभ्यासको शिलशिलामा झूटा समाचारहरूको संख्यामा वृद्धि हुने गरेको छ । नेपाली परिदृश्यमा पनि विशेष गरी चुनावी माहोलका बखत नियोजित भ्रामक सूचनाहरु बग्रेल्ति सम्प्रेषण हुने गरेका देखिन्छन् ।

    ४. सांस्कृतिक र धार्मिक संवेदनशीलताः नेपालको विविध सांस्कृतिक र धार्मिक परिदृश्यलाई कहिलेकाहीँ सांप्रदायिक तनाव निम्त्याउनका लागि भ्रामक सूचना फैलाउन दुरुपयोग गरेको देखिन्छ । निश्चित समुदाय वा धार्मिक समूहहरूलाई लक्षित गर्ने भ्रामक सूचनामा सामाजिक अशान्ति निम्त्याउन सक्ने संभावना प्रवल रहेको हुन्छ । बहु–जातीय, बहु–भाषिक र बहु–सांस्कृतिक समाजमा अझ यस किसिमका चुनौती व्यापक रहेका हुन्छन् ।

    ५. मिडिया परिदृश्यः अनलाइन समाचार पोर्टलहरूको संख्यामा व्यापक वृद्धि, पत्रकारिता र पत्रकारको स्तरमा आएको गिरावट, संचारमाध्यममा रहेको आर्थिक संकट, संचारमाध्यम बीचको अस्वस्थ प्रतिस्पर्धा लगायतका विषयले गलत सूचनाको फैलावटमा योगदान पुर्याएको छ । केही आउटलेटहरूले सनसनीपूर्ण समाचारलाई प्राथमिकता दिँदा पनि खास गरी गलत सूचना र केही हदसम्म भ्रामक सूचनाको सम्प्रेषण हुने गर्दछ ।

    समाजमा प्रभाव

    नेपालमा गलत सूचना र भ्रामक सूचना फैलावटको परिणामहरू:

    सार्वजनिक स्वास्थ्यः कोभिड १९ महामारीको समयमा भाइरस, खोपहरू र उपचारहरूका बारेमा छोटो समयमै देशैभरी गलत सूचना व्यापक फैलिएका अनुभव हामीसँगै छन् । जसले खोपको बारेमा भ्रम र जोखिमयुक्त स्वास्थ्य अभ्यासहरू समेत निम्त्याएको थियो ।

    राजनीतिक अस्थिरताः प्रायः राजनीतिक संयन्त्रद्वारा फैलाइने भ्रामक सूचनाका अभियानहरूले अविश्वासलाई बढावा दिएको छ र राजनीतिक अस्थिरतालाई बढाएको छ । नेताहरू र संस्थाहरूलाई लक्षित गर्ने झूटा समाचारहरूले समाजलाई खण्डित र ध्रुवीकृत बनाउने कार्य गरेको छ ।

    सामाजिक एकताः नेपाल बहु–जातीय, बहु–भाषिक, बहु–धार्मिक राष्ट्र हो । समाजमा गलत सूचना र भ्रामक सूचनाले सामाजिक सद्भावलाई सहजै भंग गर्ने क्षमता राख्दछ । झूटा सूचनाहरू जसले समुदायहरूलाई लक्षित गर्छन् वा हिंसालाई उकास्ने प्रयास गर्छन्, त्यसता सामग्रीले सांप्रदायिक तनाव र द्वन्द्व निम्त्याउने गरेका छन् ।

    गलत सूचना र भ्रामक सूचना विरुद्घका प्रयासहरू:

    गलत सूचना र भ्रामक सूचनाबाट उत्पन्न हुनसक्ने खतराहरूलाई पहिचान गर्दै नेपालका विभिन्न सरोकारवालाहरूले यसलाई सम्बोधन गर्न कदम चालेका छन् :

    १. तथ्य जाँच: नेपालमा विभिन्न संगठनहरू र स्वतन्त्र तथ्य जाँचकर्ताहरूले गलत सूचनाको सत्यता जाँच गर्ने र खण्डन गर्ने काम गरिरहेका छन् । साउथ एशिया चेक र नेपाल फ्याक्ट चेक जस्ता प्लेटफर्महरूले सही जानकारी प्रदान गर्न र सार्वजनिक चेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । माइसंसार डट कम जस्ता केही अनलाइन पोर्टलहरुले पनि गलत र भ्रामक सूचना विरुद्घ दरिलो कदम चाल्ने गरेका छन् ।

    २. सरकारी पहलहरूः नेपाल सरकारले अनलाइन सामग्रीलाई व्यवस्थित गर्न कदम चालेको छ, यद्यपि यी प्रयासहरूले अभिव्यक्ति स्वतन्त्रतालाई केही हदसम्म उल्लङ्घन गर्ने आरोपको सामना गरिरहेका छन् । विद्युतीय कारोबार ऐन जस्ता कानुनहरू र सामाजिक सञ्जाल नियमनका लागि निर्मित कानुनहरुका कारण गलत सूचना र भ्रामक सूचना विरुद्ध लड्ने र नागरिक स्वतन्त्रताको रक्षा गर्ने कानुनबीचको सन्तुलनका बारेमा बहस पनि निम्तिएको छ ।

    ३. मिडिया साक्षरता कार्यक्रमहरूः विभिन्न गैरसरकारी संस्था र शैक्षिक संस्थाहरू पनि जनमानसमा डिजिटल साक्षरताको स्तर सुधार गर्नमा प्रयासरत देखिन्छन् । सूचनामा जनमानसको आलोचनात्मक चेतको वृद्घि गर्न जनचेतनामूलक कार्यक्रमहरुमार्फत गलत सूचनाको फैलावटलाई केही हदसम्म कम गर्ने प्रयास गरिएको भएपनि त्यस्ता कदम पर्याप्त भने छैनन् ।

    ४. सामाजिक सञ्जाल संचालकहरुसँगको सहकार्यः गलत सूचना पहिचान गर्न र हटाउन सामाजिक सञ्जाल प्लेटफर्महरूसँग सहकार्य गर्ने प्रयासहरू भइरहेका छन् । फेसबुक जस्ता प्लेटफर्महरूले तथ्य जाँच गर्ने संयन्त्रको विकास र सामग्री मध्यस्थता नीतिहरू सुरु गरेका छन्, यद्यपि कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन ।

    ५. परम्परागत मिडियाको भूमिकाः नेपालका स्थापित मूलधारका मिडिया आउटलेटहरूलाई पत्रकारितामा उच्चतम गुणस्तर कायम राख्ने र सत्य तथा विश्वसनीय समाचारहरू प्रदान गरेर गलत सूचनालाई प्रतिकार गर्ने जिम्मेवारी रहेको छ । केहि मिडियाले यस्ता भूमिका निर्वाह गरेता पनि पर्याप्त मात्रामा परम्परागत मिडियाको भूमिकामा पनि कमि रहेको छ ।

    भविष्यका चुनौतीहरू

    यी प्रयासहरूका बावजुद, नेपालमा गलत सूचना र भ्रामक सूचना विरुद्घको लडाइँमा अझै केही चुनौतीहरू बाँकी छन् :

    डिजिटल डिभाइड: इन्टरनेट पहुँच र डिजिटल साक्षरतामा शहरी र ग्रामीण क्षेत्रहरूबीचमा ठूलो खाडल रहेको छ । जसले गर्दा बढी ग्रामीण भेगका जनमानस गलत र भ्रामक सूचनाको शिकार बन्न पुगेका छन् । इन्टरनेट पहुँचमा मात्र होइन माध्यमहरुको प्रयोग गर्ने क्षमताको विकास र इन्टरनेट प्रयोगकर्ताको सक्रिय सहभागिता मार्फत यस खाडललाई कम गर्न सकेको अवस्थामा गलत र भ्रामक सूचनाका चुनौती कम गर्न सकिन्छ ।

    नियन्त्रण र स्वतन्त्रताको सन्तुलनः गलत सूचना नियन्त्रण गर्न जति आवश्यक छ, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कुन्ठित नगरीकन सावधानीपूर्वक नीति तर्जुमा गर्न पनि उति नै आवश्यक छ । गलत सूचना नियन्त्रण गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई संकुचित गरिनु भनेको लोकतन्त्रको सुन्दर्तामाथि प्रहार गरिनु हो । त्यसैले यी बीचमा सही सन्तुलन कायम राख्ने महत्वपूर्ण चुनौतीहरू छन् ।

    राजनीतिक इच्छाशक्तिः गलत सूचनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न राजनीतिक इच्छाशक्ति र सबै सरोकारवालाहरूबाट प्रतिबद्धताको आवश्यकता छ, जसमा राजनीतिक पार्टीहरूले क्षणिक फाइदाका लागि भ्रामक सूचनालाई प्रयोग नगर्ने प्रतिबद्धताको जरुरत हुन्छ । गलत र भ्रामक सूचना फैलाउनु नैतिकता विरुद्घका गतिविधि हुन् । राजनीतिक पार्टी र नेताहरु पनि नैतिक बन्धनमा बाँधिनु अवश्यक छ ।

    गलत सूचना र भ्रामक सूचनाले विकसित र विकासोन्मुख राष्ट्र भनेर छुट्याउदैन । प्रविधिले विकसित र विकासोन्मुख राष्ट्रहरुलाई एकै धरातलमा उभ्याइदिएको छ । प्रविधिको उच्चतम फड्कोले निम्ताएको गलत र भ्रामक सूचनाको समस्या विश्वकै निम्ति ठूलो चुनौतीको रुपमा खडा भएको छ । तीव्र रूपमा विकसित भइरहेको डिजिटल प्रविधिको छलांगले नेपाल जस्ता विकासोन्मुख राष्ट्रलाई भने बढी असर गर्दछ । यी मुद्दाहरूलाई सम्बोधन गर्न प्रयास भए पनि, अझै धेरै काम गर्न बाँकी छ । डिजिटल साक्षरतामा सुधार ल्याउने, मिडिया उत्तरदायित्व बढाउने, सरकार, नागरिक समाज र निजी क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहन गर्ने जस्ता कार्य अविलम्व कार्यान्वयन गरिनु पर्दछ । गलत तथा भ्रामक सूचना रोक्नु मात्र आजको आवश्यकता होइन । आवश्यकता त गलत र भ्रामक सूचना मार्फत समाजमा पुग्न सक्ने क्षतीको न्यूनिकरण गर्नु नै हो ।

     

    (प्रेस काउन्सिल नेपालको प्रकाशन ‘संहिता’ मा प्रकाशित)

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    हरप्रहर

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

  • कालापत्थर आरोहण र पग्लिरहेका हिमाल
    हरप्रहर

    कालापत्थर आरोहण र पग्लिरहेका हिमाल

  • जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता
    हरप्रहर

    जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता

  • संकटमा स्थानीय ठाउँहरु
    हरप्रहर

    संकटमा स्थानीय ठाउँहरु

  • ताजा खबर
  • १

    यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
    १४ घण्टा अघि

  • २

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    २ दिन अघि

  • ३

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    ३ दिन अघि

  • ४

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    ३ दिन अघि

  • ५

    दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution