Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २६, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ दिन अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

लगातार तीन दिन धाउँदा पनि मुख्यमन्त्रीले प्रधानमन्त्री भेट्न पाएनन् !

प्रकाशित मिति: २०७५ आश्विन १, सोमबार (६ साल अघि)
Post Thumbnail

  • ३८३ पटक पढिएको
  • मुख्यमन्त्रीहरूको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक–पटकको प्रयासमा पनि उनीहरूलाई भेट्न चाहेका छैनन् । सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले व्यक्तिगत भेट पनि दिएका छैनन् ।

    गत २१ भदौमा पोखरामा आयोजित मुख्यमन्त्रीहरूको भेलाले केन्द्र सरकारले अधिकार र बजेट आफैँमा केन्द्रित गर्दा काम गर्न नपाएको भन्दै लिखित ध्यानाकर्षण गराउने निर्णय गरेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका थिए । ‘घेराबन्दी गर्न खोजेको’ भन्दै उनले आफू अध्यक्ष र मुख्यमन्त्रीहरू सदस्य रहेको अन्तरप्रदेश परिषद्को बैठक पनि स्थगित गरे ।

    बैठक स्थगित भएपछि मुख्यमन्त्रीहरूले सामूहिक रूपमा प्रधानमन्त्रीसँग भेट्न खोजेका थिए । समय मिलाउने जिम्मा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई दिइएको थियो । तर, प्रधानमन्त्री ओलीले पटक–पटकको प्रयासमा पनि समय दिएनन् । सामूहिक भेटको सम्भावना टरेपछि मुख्यमन्त्रीहरूले व्यक्तिगत भेटको प्रयास गरिरहेका थिए । तर, प्रधानमन्त्री ओलीले त्यसमा पनि चासो देखाएनन् ।

    ३ पटकको प्रयासमा पनि मुख्यमन्त्री गुरुङले पाएनन् भेट

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबारदेखि दिनदिनै प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयास गरिरहेका छन् । आइतबार त उनलाई प्रधानमन्त्री सिंहदरबारमा हुने जानकारी सचिवालयले दिएको थियो । गुरुङ प्रधानमन्त्री कार्यालयमा कुरेर बसे । तर, ओली भने सिंहदरबार आएनन् ।

    ‘मुख्यमन्त्रीले लगातार तीन दिनदेखि पटक–पटक भेट्ने प्रयास गर्नुभो, कहिले बालुवाटार त कहिले सिंहदरबारमा भेट्ने आश्वासन दिइयो, तर भेट दिइएन,’ गुरुङनिकट स्रोतले भन्यो, ‘आइतबार उहाँ प्रदेशका प्रमुख सचिवसहित सिंहदरबार जानुभएको थियो, तर कुर्दा पनि समय नपाएपछि सोमबार पोखरा फर्किंदै हुनुहुन्छ ।’

    मुख्यमन्त्री गुरुङले भने प्रधानमन्त्री ओलीलाई भेटेर पोखरा भेला संघीय सरकारविरुद्ध घेराबन्दी गर्न नभएको स्पष्ट पार्न चाहेका थिए । ‘प्रधानमन्त्रीज्यूलाई मिस अन्डस्ट्यान्डिङ भएको थियो, मुख्यमन्त्रीले धेरै कुरा प्रस्ट पार्न चाहानुभएको थियो । तर, भेट नै दिनुभएन,’ उनीनिकट स्रोतले भन्यो । प्रधानमन्त्रीलाई भेट्न गुरुङ प्रदेशका प्रमुख सचिवसहित आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

    पोखरेल, राई, पौडेल र भट्टले पनि पाएनन् भेट
    प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, ७ का त्रिलोचन भट्ट, ३ का डोरमणि पौडेल र १ का शेरधन राईले पनि प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका थिए । तर, उनीहरूले पनि भेट पाएनन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने अस्वस्थताका कारण पोखरा भेलामा उपस्थित थिएनन् ।

    प्रदेश ३ का मुख्यमन्त्री पौडेलले भने भेट नभए पनि टेलिफोनमा प्रधानमन्त्रीसँग कुराकानी भइरहेको बताए । ‘त्यस्तो केही छैन, उहाँसँग टेलिफोनमा पनि कुराकानी भइरहेको छ । उहाँले पोखरा भेलाका कारण प्रदेश समन्वय परिषद् बैठक स्थगित भएको होइन भन्नुभएको छ, सार्वजनिक कार्यक्रममा त उहाँलाई भेटेकै छु,’ पौडेलले भने । ३० भदौमा ज्यापू दिवसका अवसरमा पाटनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मुख्यमन्त्री पौडेलको भेट भएको थियो । उनीहरूबीच सामान्य कुराकानी मात्रै भएको थियो ।

    यस्तो थियो पोखरा भेलाको निष्कर्ष
    मुख्यमन्त्रीहरूको २१ भदौमा भएको भेलाले केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिएका कारण काम गर्न नपाएको निष्कर्ष निकालेको थियो । केन्द्र सरकारले साझा कानुन नबनाइदिँदा र कर्मचारी अभावले काम गर्न गाह्रो भएको ठहर गरेको थियो ।

    २४ भदौमा प्रधानमन्त्रीको अध्यक्षतामा काठमाडाै‌मा बस्ने अन्तरप्रदेश परिषद्को बैठकमा साझा समस्या संयुक्त रूपमा प्रस्तुत गर्ने घोषणा पनि पोखरा भेलाले गरेको थियो । संघका कारण प्रदेशले झेल्दै र भोग्दै आएका समस्याहरूको सूची बनाएर प्रधानमन्त्रीलाई बुझाउन उनीहरूले छुट्टै दस्तावेज तयार पारेका थिए । तर, प्रदेश सरकारसँग सम्बन्धित राजनीतिक र प्रशासनिक संरचना तथा कानुन निर्माणसँग सम्बन्धित विषय समेटिएको उक्त दस्तावेज उनीहरूले प्रधानमन्त्रीलाई बुझाउन पाएका छैनन् ।

    टेलिफोनमा कुराकानी भइरहेकै छ 
    डोरमणि पौडेल, मुख्यमन्त्री, प्रदेश ३
    हामीले हाम्रा समस्या पहिलेका नियमित भेटमा पनि प्रधानमन्त्रीज्यूलाई अवगत गराएकै हौँ । तर, पोखरामा भेला भएपछि आमसहमतिका आधारमा भेटेरै फेरि भनौँ भन्ने कुरा भएको हो । तर, मसँगको टेलिफोन सम्पर्कमा उहाँले भेला भएकै कारण बैठक स्थगित भएको होइन भन्नुभएको छ । बैठक के कारण स्थगित भएको हो थाहा हुने कुरा भएन ।

    ‘मुख्यमन्त्रीको  मोर्चाबन्दीविरुद्ध प्रधानमन्त्रीको सन्देश’
    केही समय भेट नै नदिएर प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूलाई गलत कदममा अघि नबढ्न तथा आगामी दिनमा कार्यशैली सच्याउन सन्देश दिएको उनको सचिवालयले जनाएको छ । यद्यपि, यसबारे सचिवालयका कोही पनि औपचारिक प्रतिक्रिया दिन भने मान्दैनन् ।

    ‘हामी संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा छौँ, सबै कुरा एकैपटक म्यानेज हुने होइन, तर मुख्यमन्त्रीहरूले संवेदनशीलतालाई नबुझीकनै संगठित भेला गरेर मोर्चाबन्दी गर्नुभो,’ प्रधानमन्त्रीका एक सल्लाहकारले नाम नबताउने सर्तमा भने, ‘प्रधानमन्त्रीज्यूले उहाँहरूलाई पाठ सिकाउने र आइन्दा त्यस्तो गल्ती नगर्न राजनीतिक सन्देश दिने हिसाबले नै भेट नदिनुभएको हो ।’ नयाँ पत्रिका

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution