वीरगञ्ज – पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाठिएका ५५ वटा सीमा स्तम्भ गायब भएका छन् ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने स्थानमा मात्र ठूला र साना गरी ५५ वटा सीमा स्तम्भ हराएको खबर आजको कारोबारमा छापिएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने ४१६ देखि ४२४ सम्ममा दुई वटा मुख्य सीमा स्तम्भ र ४१ वटा साना सीमास्तम्भ हराएको समाचारमा उल्लेख छ ।
यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरको कार्यक्षेत्रमा पर्ने ४२४ देखि अन्तिम सीमामा ठोरीको ४३८ सम्मका ठूला साना गरी १२ वटा सीमा स्तम्भ हराएका छन् ।
मुख्य सीमा स्तम्भ ४२७ र ४३८ हराएको छ भने, सहायक स्तम्भ ४२७ को ५ नम्बर हराएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७