काठमाडौँ, ४ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेले पछिल्लो समय भ्रष्टाचारीले सिधै सेवाग्राहीसँग पैसा लिन छाडेको बताएका छन् ।
बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो कार्ययोजना पेश गर्दै घिमिरेले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताए । आयोगलाई विज्ञ कर्मचारी आवश्यक रहेको बताए ।
चुनाव पनि बढी खर्चिलो भएको भन्दै उनले त्यसमा सुधार गर्नुपर्ने बताए । प्रमुखमा सिफारिस हुनुअघि अख्तियारकै आयुक्त रहेको घिमिरेले अख्तियारले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्न थालेको उनले बताए ।
आफूले २ वर्षे कार्यकालमा कानुनी र नितिगत सुधारको प्रयास गर्ने प्रतिवद्धता जनाए । भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्यका लागि विशेष निगरानी गर्ने उनले बताए ।
अख्तियारभित्रै पनि भ्रष्टाचारको आन्तरिक अनुसन्धान सुरु गर्न लागिएको उनले जानकारी दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३