उदयपुर– उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
दण्ड सजाय पाउने चार जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ ।
जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो ।
विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७