डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् ।
छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् ।
बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।
धामी अहिले प्रहरी नियन्त्रणमा छन् । उनीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिए ।
श्रीमतीलाई माइती पु-याएर फर्कंदै गरेका धामीले वृद्धालाई बलात्कार गरेका हुन् । ‘त्यो मान्छे पछाडिबाट आउँदै थियो, मेरो घाँटीमा समातेर दिन्छौ भनेर जबर्जस्ती ग-यो,’ वृद्धाले भनिन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७