कञ्चनपुर – भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।
आजको नेपाल समाचारपत्रमा छापिएको समाचारअनुसार, मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे प्ष्ट नभएको परिवाले बताएका छन् ।
पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो ।
बहीनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने एकदमै हैरान भएको बताउँछन् ।
हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७