काठमाडौँ नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न जिल्लामा गरी कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा संक्रमित भने २ हजार १०३ जना थपिएका छन् । यो सँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३