नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ ।
डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् ।
मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी छ ।
नेकपाको उच्चस्रोतले मानन्धरले राजीनामाका लागि बैठकमै पुगेर निवेदन दिएको पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् ।
पटक पटक सम्पर्क गर्दा मानन्धरको माबोईल स्विचअफ पाइएको छ ।
काठमाडौं ७ बाट मानन्धर दोस्रोपटक सांसद निर्वाचित भएका हुन् ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७