काठमाडौं – नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पेष्ठमा समाचार छापिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७