काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान दिन चिकित्सकसँग आग्रह गरेका छन् ।
चारदिने कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी बिहीबार (आज) स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रिपतिलाई स्वागत गर्न जानुपर्ने भन्दै डिस्चार्ज दिन प्रधानमन्त्रीले आग्रह गरेको डा. सन्तकुमार दासले बताए ।
तर, आफूहरुले अहिल्यै डिस्चार्ज नदिने, बरु राष्ट्रपतिलाई नै अस्पताल बोलाउने भनेर रोकेको उनले बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७